हिन्दुधर्म, संस्कृति र परम्परा संकटमा: सभापति देउवा

864
views

गोपाल जिसी
पर्वत, २२, मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दुधर्म र संस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्नुभएका सभापति देउवाले हिन्दुधर्म, संस्कार, सस्कृति र परम्परा जोगाउनु अहिलेको मुखय आवश्यकता रहेको बताउनुभयो ।

गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्न आउनुभएका देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुहरुलाई एकठाउँमा उभ्याउने पहल गरेको उहाँको भनाई थियो ।

गौमहोत्सवमा राखिएका कालिगण्डकी नदीमा पाइने दुर्लभ एवं बहुमूल्य शालिग्राम शिलाको संरक्षणका लागि संग्राहलयले धार्मिक पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत व्यक्त गगर्नुभयो ।

उहाँले शालिग्राम संग्राहालयले विश्वको ध्यान तान्ने सम्भावना रहेको बताउँदै अलौकिक शिला जम्मा गरी निर्माण थालिएको संग्रहालयले लोप हुँदै गएको शालिग्रामको संरक्षणमा सरोकारवालाको ध्यान आकृष्ट गरेको उल्लेख गर्नुभयो ।