मयार्दित महिनावारी, हामी सबैको जिम्मेवारी

885
views

-सीताराम थापा
मर्यादित महिनावारी दिवस डिसेम्बर ८ मा किश्वब्यापि अभियानका रुपमा मनाउन थालिएकोले यस बर्ष नेपालमा पनि यो दिवस आज १६ दिने अभियान संगै सप्ताहबणयापि रुपका दिन मनाउन थालिएको छ । लैंङ्गिक हिंसा बिरुद्व १६ दिने विश्व ब्यापि अभियान समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारामा आधारित रहेर अभियान मनाईएको छ । तर मानव जाति सामुहिक जीजन बाट एकणकल बैवाहिक जीवन शुरु हुनु भनेकै बलत्कारलाई बैद्यता दिनु हो । अर्थात यसको आरम्भ हसनु,हो भन्ने प्रगतिशिल दृष्टिकोण रहेको छ । यसैले यो समुल रुपका नष्ट हुन बैज्ञानिक समाजवादमा मात्र सम्भव छ । यो अभियानको रुपमा नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्ध हुने सबै किसिमका बिभेद विरुद्धको आवाजको प्रतिनिधित्व गर्दछ। तर यस्ता दिवस दिवसको रुपमा मात्र मनाउदा पनि लैंगिक हिंसा र बलत्कारको अन्त हुने नै हैन । सामान्तवाद र पुजीबादका झनै यो फस्टाउछ र झांगिन्छ, मौलाउँदछ ।

सिड महासन्धिमा पारीत महिला भएकै कारण हिंसा परिभाषित भएपनी संयुक्त राष्टसंघले लैङ्गिकतामा आधारित हिंसाको परिभाषामा मानसिक, शारिरिक, यौनिक र मनोबैज्ञानिक असर र स्वतन्त्रता लैङ्गिक हिंसा सम्बोधन छ । तर पुजिँवादी मानव अधिकारले यसको बढवा गरिरहेको छ। हिंसा घटनका लागि सिंगो सामाजिक संरचनागत रुपान्तरणसंग अन्तरसमबन्धित छ । महिलाको इच्छा बिपरित गरिने सबै कार्य हिंसा हो भनेर पनि प्रष्ट रुपमा लेखिएता पनि हिंसाको अन्त हुन हिंसा नै चाहिने वा नचाहिने दुई बिचार हरु बिश्वब्यापि बिभाजन छन । महिला हिंसा शक्ति संरचनामा आधारीत छ। यस सन्दर्भमा हामी मर्या्दित महिनावारी बारे संवाद गरिरहेका छौ । यद्यपि, अहिलेको युगमा महिलाहरु महिनावारीको समस्या ज्यु का त्यु छन । महिलाहरु जीवन छोडि मृत्यु ब्यहोर्न परिरहेको अध्ययनले बताउँदछ । हिजो मात्र नेपालको एक अस्पतालमा थुनेर डाक्टर बाट रातभरी बिरामीलाई बलात्कार भएको संचार प्रवाह भएको छ। यसैले पढेलेखेका र ब्यवस्था परिवर्तनले मात्र मानव हिंसा बलत्कार रोकिदैन भन्ने ज्वलन्त उदाहरण हो । यसको लागि बिधमान सामाजिक सरचना भत्कएर नया संरचना निर्माणको जटिल प्रकृया पार गर्नै पर्छ । किनकि शक्ति गतिशिल छ, परिस्थिति अनुसार बाहिर प्रकट भएपनि शक्ति नर्माण गर्न महिनावारी अभ्यास प्रमुख रहन्छ । यस धर्तिका आधा आकाश महिला महिनावारी हुन्छन र मानबको सृष्टि भई शक्ति निर्माण हुने बैज्ञानिक कुरा हो । यो जति सत्य छ त्यति नै सत्य बिश्व भर महिनावारी भएको समय गरिने हिंसा, लाज, र बार्नुपर्ने देखिएको अत्याधिक छ ।

यो बिषय नेपालको सरोकारवाला र संचारका समेत गौण देखिएको छ । यो धर्म, गरिबी, भ्रमपूर्ण यथार्थता मुल कारक छन । आखिर मान्छेमा शक्ति निर्माण गर्न महिनावारीले विशेष भुमिका निर्वाह गर्दछ । किन कि महिनावारीको रगत अपबित्र होईन, पबित्र रगत हो । कुनै आमा महिनावारी हुदैनथे भने मानव जातिको सृष्टि नै हुदैनथे । हामी जुन रगत बारीरहेका छौं । त्यहि रगतको डल्लाबाट हामी चोखा मानिस निर्माण भएको वैज्ञानिक प्रमाण हो । तर कतिपय देस र नेपाली समाजमा बिटुलो रगतको दृष्टिकोण पढेलेखेकाहरुको मगजमा निख्रिएको छैन । नेपाल जस्तो गरिब देसहरुका लागि डर लाग्दो भयानक जटिल समस्या भएको छ । तर यहि समस्या आझेल परेको छ। संसारको धेरैं अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले महत्व दिएका छन। नेपालमा मानव जीवनचक्र लैङ्गिकता, स्वास्थय जीवन र मानव गरिमाको यो सवाल आझेल परेको छ । यसैले डिसेम्बर ८ मर्यादित महिनावारी दिवसका रुपमा मनाउन लागिएको छ । यो अभियानमा ऐक्यबद्धता प्रकट गर्न देशहरु युगान्डा, इन्डोनेसिया लगायत देशका प्रतिनिधिहरु पनि यसका लागि नेपाल आएका छन । नेपालमा ८ डिसेम्बर मात्र नभयर १६ दिने अभियानको अवसरमा समेत यसलाई राष्ट्रियस्तरमा “राधा पौडेल फाउन्डेसन“ र सरकारले र केही जिल्लामा नागरिक संस्थाहरुले सम्बोधन गरिदै छ । बागलुङमा सत्कर्म नेपालले अरु संस्थासंग सहकार्य गरि मनाउदै छ । महिलाको मासिक चक्र पनि दारी जुँगा आउने जस्तै मानबिय स्वभाविक प्रक्रियाका रुपमा बुझ्न र बुझाउन नसक्नु हामी सबैको जटिलता हो । मानव सृष्टिको नयाँ जीवन दिने मासिक चक्रको रगत हो भनेर सिक्षित गर्ने नयाँ संस्कृति निर्माणमा जुट्नु आवश्यक छ । किनकि मानव अधिकार घोषणापत्र हुँदै महिला मैत्री संविधान, निति निमार्णको बहस सुरु भएपनि विभेद कायम छ । नयाँ संविधानमा लिपिबद्व गरेको कुराहरु ब्याबहारमुखि बनाउन सबैको दायित्व प्रवल हुन्छ । छाउगोठ भत्काउने भन्दा मनको गोठ, भ्रम र मानसिकता परिर्वतनका लागि अध्ययन अभियान गर्न ढिला भएको छ । महिनावारी एक स्वभाविक प्रक्रिया हो भन्ने कुरा न हाम्रा पाठयपुस्तकले बुझाउन सकेको छैन । महिला र किसोरीहरुलाईलाई महिनावारी भएकै कारण घर, बासस्थान, भान्सा सबैबाट उसलाई केहि दिनका लागि बभेद गर्नु मानव अधिकारबाट उसलाई बञ्तित गर्नु हो । स्वतन्त्र रुपमा बस्न पाउने खान पाउने हक हुने तर आफनै घरमा एउटा कोठामा बस्न नदिएर महिलालाई नृपाली सकाजले सजाय दिईरहेको छ ।

यो समाज भावी पुस्ताका किशोरीहरुलाई पनि डर कै बिचमा हुर्काउँदै छ । महिनावारी हुँदा ५ दिन अलग्गै बस भनेर गरिएको व्यवहार कसरी समान हक हुन्छ भन्ने जटिल प्रशन उठाउनु जरुरि छ । यसैले पनि ८ डिसेम्बर र १६ दिने अभियानमा विश्व मर्यादित महिनावारीको सवाल नेपालमा यसबर्ष बाट अभियान निरन्तर गरौ, मानव मर्यादा कायम गर्न मौनता भंङ्ग गर्दै संघर्ष गरौं । थापा सामाजिक अभियान्ता एवं लेखक हुन ।