रेडियो नेपाललाई समावेशी बनाईनुपर्छ : भण्डारी

836
views

सुर्खेत, २३, मंसिर । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सञ्चार माध्यमहरुको भीडबाट रेडियो नेपाललाई अलग पहिचान दिएर समावेशी एवं सहभागितामुलक बनाईनुपर्ने बताउनु भएको छ ।

रेडियो नेपाल प्रसारण सेवा विकास समितिको आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा भएको समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रसारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेडियो नेपाललाई प्रतिस्पर्धी बनाइउँदै राज्यव्यवस्था सुदृढिकरणका लागि समावेशी सामाग्रीहरु प्रसारण गर्नु पर्नेमा जोड दिए ।

भण्डारिले हरेक नेपाली नागरिकका लागि सबै भन्दा सर्वसुलभ तथा भरपर्दो सञ्चार माध्यम रेडियो भएकाले रेडियो नेपालले र्नि्विकल्प अब्बल सञ्चार माध्यम बन्न समय सापेक्ष आफुलाई परिमार्जन गर्दे सशक्तरुपमा विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको औल्याए ।

सञ्चार माध्यमलाई व्यवस्थापन गर्नको लागि प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान मार्फत गृहकार्य गरिरहेको बताउँदै पत्रकार दुर्घटना वीमा, पत्रकारिता अध्ययनका लागि छात्रबृत्तिलगायत कार्यक्रम अगाडि बढाईएको समेत उहाँले जानकारी दिए ।