पुरुष क्रिकेटमा नेपाललाई कास्य

805
views

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले कास्य पदक जितेको छ । सोमबार टियु मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनायो । नेपाले उक्त लक्ष्य १६.१ ओभरमा ५ विकेटको क्षतीमा भेट्यायो । माल्दिभ्सका लिम साफेगले सर्वाधिक १९ रन बनाए । त्यस्तै मोहमद रिसवानले १७ रन र कप्तान मोहमद माफोजले १६ रन रअमिल माउरुफले १३ रन बनाए ।

नेपालका ललितनारायण राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए । व्याटिङतर्फ नेपालका अरिफ शेखले सर्वाधिक ३२ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रनको योगदान दिए। खेलमा अविजित रहेका रोहित पौडेल र पवन शरार्फले क्रमश १५ र १० रन जोडे ।

विनोद भण्डारीले १२ रन जोडेको खेलमा पूर्वकप्तान पारस खड्का भने ३ रन मै पेमेलियन फर्किए। बलिङतर्फ माल्दिभ्सका उमर अदामले तीन र लिम सफिगले एक विकेट लिए ।