विपन्न परिवारका ६० विधार्थीहरुलाई स्वीटर र टोपी

1240
views

निर्मल पौडेल पर्वत २४ मंसिर २०७६
पर्वतको फलेवास नगरपालिका २ थापाठाना स्थित श्री उन्नतशिल युवा क्लवले थापाठानामा अवस्थित ३ वटा विद्दालयका विधार्थीहरु लाई न्यानो कपडा विरतरण गरेको छ । थापाठानामा रहेका श्री भुुमे आधारभुत विधालय ,जनजागृत आधारभुत विधालय र थापाठाना माविमा अध्ययनरत गरीव दलित तथा विपन्न परिवारका ६० जना विधार्थीहरुलाई स्वीटर र टोपी वितरण गरिएको हो । शुभ दिपावालीमा क्लवले आयोजना गरेको देउसी भैलौ वाट संकलन गरेको रकम वाट जाडो महिनामा पोशाकको कारण विधालयको पढाईमा प्रभाव नपरोस भन्ने हेतुले विपन्न परिवारका विधार्थीहरुलाई केही राहत होस भन्ने हेतुले सहयोग गरिएको क्लवका अध्यक्ष कृष्ण कुवँर लिलले जानकारी दिएका छन् । 

क्लवका अध्यक्ष कुँवर सहित अन्य सदस्यहरु विधालयको प्राङ्गणमा नै पुगेर कपडा वितरण गरेका हुन् । न्यानो कपडा हस्तान्त्रण गर्दैै क्लवका अध्यक्ष कृष्ण कुवँर लिल ले ग्रामिण समाजमा हुने खाने र हुँदा खानेको परिवारमा फरक पर्ने र हुँदा खानेको परिवारका वालवालिकाहरु पनि हुँदा खानेका छोराछोरी सरह पढाईमा उत्तिकै प्रवल हुन सकुन भनेरनै सहयोग गरेको वताए । विधार्थी हरुलाई स्वीटर र टोपी प्रदान गर्दै आफ्नो विधालयमा क्लवले गरेको सहयोग निकै सह्रानिय रहेको थापाठाना माविका प्रध्यानध्यापक विष्णु प्रसाद शर्माले वताए। यसैगरी विधार्थीहरुलाई विधालयले सहयोग गर्न नसकिरहेको अवस्थामा क्लवले सहयोग गरेकोमा भुमे आधारभुत विधालयका प्रअ चन्द्र वहादुर थापाले धन्यवाद व्यक्त गरे । २०६४ सालमा स्थापना भएर सामाजिक कार्यमा सकृय रहँदै आएको छ ।