पाङमा नेकपाको पुर्ण वैठक तथा सपथ ग्रहण

679
views

निर्मल पौडेल पर्वत, २४ मंसिर २०७६
पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङमा नेकपा वडा कमिटिको प्रथम पुर्ण वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दुई पार्टी एकता भएपछिको पुर्ण वैठक तथा सपथ ग्रहण कार्यक्रम सोमवार सम्पन्न गरिएको हो । कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ताहरुलाई सपथ गराउँदै नेकपाका प्रदेश कमिटी सदस्य तथा पर्वतका पार्टी सचिब सुदिप कुवँरले एकताका बेला सवैलाई जिम्मेवारी दिन नसकिने भए पनि पार्टीको इमान्दार र सक्रिय कार्यकर्ताहरुको उचित मुल्यांकन हुने वताए ।

मुलुक अहिले आर्थिक समृद्धि हुँदै समाजवादको दिशातर्फ उन्मुख भएको भन्दै संगठन मजवुत बनाउनका लागि सक्रिय रहन कार्यकर्ताहरुलाई आग्रह गरे ।

यसैगरी कार्यक्रममा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले नेकपा सर्वाहराको पार्टी भएकोले नेता तथा कार्यकर्ता अनुशासित, जिम्मेवार र पार्टीका विधि विधान अनुसार चल्नुपर्ने वताए । गिरीले गाउँ कमिटिलाई सभ्य बनाउन र सवैका भावना समेट्न आग्रह गर्दै विकास र समृद्धिको सपना पुरा गर्न सवै एकजुट भएर अगाडि वढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला कार्यदल सदस्य भक्त कुवँर, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य तोयानाथ चालिसे,जिल्ला सचिवालय सदस्य मिनराज केसी अविरल, रामप्रसाद रिजाल पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदी लगायतले वोलेका थिए।


नेकपा वडा कमिटि अध्यक्ष शंकरराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव ईन्द्र कँडेलले गरेका थिए ।