काठमाडौंमा चल्ने सवारी साधनमा आजको लागि जोरविजोर प्रणाली लागू

670
views

मंगलबार, २४ मंसिर, २०७६
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग को आज हुने समापन समारोहलाई मध्य नजर गर्दै काठमाडौ उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ ।आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको हो । ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले जोर नम्बरका मात्र गाडी चलाउन पाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले वताएको छ ।ट्राफिकले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेशमा पनि रोक लगाएको छ । साथै कम भन्दा कम सवारी साधन निकाल्न आग्रह गरेको छ ।यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ ।यस्तै १३ औं साग खेलकुदको भब्य समारोहबीच समापनको तयारी गरिएको छ ।

यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको साग मंगलबार साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिनेछ । समापन कार्यक्रमको प्रधानमन्त्री ओलीले संवोधन गर्नुहुनेछ ।दिउँसो ३ बजेदेखि पुरुष फुटबलको फाइनल खेल भएपछि विशेष समापन कार्यक्रम गरिने राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए ।उनले मंगलबारै नै खेलाडीहरुका लागि विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । समारोह समिति सचिव कुलबहादुर थापाले उद्घाटनमा नेपालको कला र संस्कृति समेटेकामा समापनमा भने नेपालको वीरताको गाथा प्रस्तुत गरिने बताए ।उनले करिब डेढ घन्टा चल्ने समापन समारोहमा सुरक्षा निकायका विभागीय टोलीहरु तथा विद्यालयका गरी पाँच टोलीले विशेष प्रस्तुति दिने बताए । उद्घाटन भव्य भएजस्तै समापन अझ सशक्त हुने दाबी उनले गरे ।