राउटेले मागे खसी र चामल

644
views

सुर्खेत: नेपालकै लोपोन्मुख जाति राउटे समुदायले मंसिर २८ गते परेको मस्टो देवताको पूजा गर्न खसी र चामल माग गरेका छन् ।

खशी र चामलको जोहो गर्न गुराँस गाउँपालिका वडा नं. ४ दैलेखमा बसीरहेका नेपालकै लोपोन्मुख जाति राउटे वीरेन्द्रनगर आइपुगेकाछन् । तीन जना राउटेले आफूहरुसँग भएको भत्ताको पैसाले देवता पूजा गर्न नसकिने बताउँदै खसी र चामल मिलाई दिन आग्रह गरेका हुन ।

राउटे हरिबहादुर शाहीले देउता पुज्नको लागि रकम अभाव भएकाले आफुहरु माग्न आएको बताए । मंसिर महिनाको भत्ता पाइएपनि त्यो पैसाले हामीलाई नपुग्ने शाहीकोे भनाई छ । उनका अनुसार दाडे मस्टो नामक देवताको पुजा गर्नका लागि ४६ ओटा खशी आवश्यक परेको हो ।

राउटेले जंगलमा जीवजन्तु नहुने भएका कारण आफूहरुले खशीको माग गरेको बताएका छन् । पहिलेका जस्ता बाँदरहरु जंगलमा पाइदैनन् उनी भन्छन्, ‘खशी नकाटी भएन् । ४६ ओटा घरधुरी रहेको राउटे समुदायले मस्टो पुज्दा प्रति परिवार एक खशी काटनैपर्ने प्रचलन रहेको शाहीले बताए ।संघ संस्था, ‘गुराँस गाउँपालिकाले केहि दिन नसक्ने भनेका कारण प्रदेश सरकारसँग माग्न आएको राउटेले जनाएका छन् ।

यस्तै, राउटे बसोबास गरिरहेको गुराँस गाउँपालिकाले भने अन्य श्रोत केहि पनि नभएकाले राउटे समुदायलाई केहि दिन नसकिने जनाएको छ । गाउँपालिकाका अध्यक्ष खेमबहादुर वलीले उनीहरुलाई मंसिर महिनाको भत्ता दिइसकिएको बताउँदै अन्य खर्च दिने आफूहरुसँग श्रोत नभएको वलीले बताए । प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले उनीहरुको मागलाई सकेसम्म सम्वोधन गर्न प्रदेश सरकार तयार रहेको बताए ।