यात्रुको अनुहार हेरेर भाडा असुली 

490
views

सुर्खेत: कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगरमा अटो व्यवसायीले वीरेन्द्रनगर नगरपालिकाले पारित गरेको कार्य्विधि नमान्ने गरेको सर्वसाधरणले गुनासो गरेका छन् ।

कर्णाली प्रदेश अन्र्तगत सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अटो रिक्सा व्यवस्थापन सम्बन्धी निर्दे्शिका पारित गरिसकेको छ ।

नगरपालिकाले गत २०७५ असोजमै कार्य्विधि बनाएपनि अटो रिक्सा व्यवसायीले कार्य्विधिअनुसार नचलेको सर्वसाधारणले गुनसो गर्ने गरेका छन् ।

नगरपालिकाको निर्दे्शिकामा स्थान अनुसारको भाडादर उल्लेख गरी अनिवार्य सवारीमा टाँस गर्नुपर्ने भनिएपनि अधिकांश अटो व्यवसायीले भाडादर टाँसेका छैनन् । बरु यात्रुको अनुहार हेरेर मनपरी भाडा असुल्ने गरेका स्थानियहरुले गुनासो गरेका छन् । 

निर्दे्शिकामा कालोपत्रे गरिएको सडकमा सवारीसाधनमा यात्रा गरेबापत प्रत्येक यात्रामा न्यूनतम २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर थप ५ रुपैयाँका दरले भाडादर कायम हुनेछ भने कच्ची सडकमा सवारीसाधनमा यात्रा गरेबापत प्रत्येक यात्रामा न्यूनतम २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर थप १० रुपैयाँका दरले भाडादर कायम हुने उल्लेख गरिएको छ तर स्थानीयका अनुसार वीरेन्द्रनगरमा सञ्चालित अधिकांश अटो रिक्साले निर्दे्शिका पालना नगरी मनपरी भाडा असुलिरहेको पाईएको छ ।