भ्रमण वर्ष २०२० सफल वनाउन जोड

1012
views

निर्मल पौडेल । नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष र गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्वतमा पत्रकारहरुको भुमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको समन्वय तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको आयोजनामा शुक्रवार नेपाल पत्रकार महासंघ शाखा कार्यलय पर्वतको सभाहलमा विविध विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाल सरकार र गण्डकी प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष सफल वनाउनका लागि सवै तह र तप्काका सचेत नागरिकहरु लागि पनुपर्नेमा जोड दिएका थिए । देशमा रहेका पर्यटकीय, धार्मिक, साँस्किृतिक तथा ऐतिहासिक स्थलहरु लाई अन्र्तराष्ट्रिय स्तर सम्म प्रचारप्रसार गरेर देशमा वढीभन्दा वढी पर्यटन पर्वद्धन गरी आर्थिक समृद्धि र विकास कसरी गर्न सकिन्छ र त्यसमा पत्रकारहरुको भुमिका के हुन्छ भन्ने विषयमा वक्ताहरु वोलेका थिए ।

सामाजिक अभियान्ता तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीले पर्वतको पर्यटन प्रवद्र्धनमा सञ्चार माध्ययमको भमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसपश्चात कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती पर्वतका अध्यक्ष मनोहर वि पौडेलले पर्यटनलाई रोजगार र समृद्धि सँग जोड्दै एउटा छुट्टै किसिमको प्याकेजको ओजना वनाएर अगाडी वढ्नुपर्ने वताए । पर्यटकीय स्थलहरु मात्र भएर नहुने भन्दै त्यहाँसम्म सहज रुपमा पुग्नका लागि भौतिक पुर्वाधारहरुको विकास र पर्यटकहरुलाई केही समय टिकाउनका लागि आवश्यक आवास लगायत उपयुक्त वातावरणको समेत व्यवस्था गरिनुपर्ने औल्याए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले समग्र पर्वतका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी वढीभन्दा वढी पर्यटकहरु भित्राउन सरोकारवालाहरुले ध्यान दिनुपर्ने वताए । यस्तै कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशका शाखा अधिकृत मधु भण्डारीले आर्थिक विकासको प्रमुख स्रोत पर्यटन हुने भन्दै पर्यटन वर्षलाई सफल वनाउन पर्यटकीय स्थलहरुको वढीभन्दा वढी प्रचार गरेर आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गरी मनग्य आयआर्जन गर्नुपर्नेमा जोड दिईन् । कार्यक्रममा उद्दोग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले पर्वत जिल्ला पर्यटकीय हिसावले गन्तव्यको रुपमा चिनिइरहेको अवस्थामा यहाँका प्राकृतिक तथा मानव निर्मित पर्यटकीय स्थलहरुलाई अझै प्रचारप्रसार र व्यवस्थित गर्दै व्यापार व्यवसाय संग जोडी वढी भन्दा वढी फाईदा लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले पर्वतको पर्यटन विकास लाई एउटा मास्टर प्लान तथा गुरुयोजना वनाएर अगाडी वढ्नुपर्ने वताउँदै यहाँको पर्यटकीय स्थल र टनलाई व्यवस्थित गरी जिल्लाको छुट्टै पहिचान दिन सक्नुपर्ने भन्दै जिल्लाको पर्यटन प्रर्वद्धनका लागि मुख्यमुख्य ठाउँहरुमा डिजिटल वोर्डहरु र अग्ला तथा लामा पुलहरुमा झलमल्ल हुनेगरी लाईटिङको व्यवस्था गर्न स्थानिय सरकार र सम्वन्धित निकायको ध्यान जानुपर्ने वताए । सिताको जन्मभुमि जनकपुर भएरजस्तै पार्वतीको जन्मभुमी पर्वतको पाङलाई पनि विश्वसामु चिनाउन सकेमा पर्वत भूमिको गरिमा अझै वढ्ने वताए । गिरीले यहाँका ऐतिहासिक धार्मिक तथा पौराणिक अन्य गुफा,मठमन्दिर,झरना तथा नदिनाला हरु लगायतका महत्वपुर्ण स्थलहरुमा धेरैभन्दा धेरै पर्यटक भित्राउने तथा स्थानिय उत्पादन लाई पर्यटन संग जोडी आर्थिक लाभ लिने र विकास र समृद्धिमा अगाडी वढ्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि सरस्वती शर्मा जिज्ञाशु, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल,नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, प्रेस संगठन पर्वतका सह संयोजक राजवावु पिसी, क्रान्तिकारी पत्रकार महासंघ नेपालका केन्द्रीय सचिव वैकुन्ठ गिरी, नागरिक समाजका अगुवा, प्रहरी ,सरोकारवाला व्याक्तित्वहरु लगायतले वोलेका थिए । कुस्मामा आउने पर्यटक हरुलाई जिल्लाका सम्पुर्ण पर्यटकीय स्थलहरुको वारेमा जानकारी गराई त्यहाँसम्म पु¥याउन सके समग्र पर्वतको पर्यटन विकास र समृद्धि हाँसिल गर्न सकिने र पर्यटन वर्ष सफल पार्नमा पर्वतको पर्यटनले महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ ।

जसको लागि केन्द्रीय सरकार,प्रदेश सरकार र स्थानिय सरकारले आवश्यक सहयोग गरी सरोकारवालाहरुको विचमा विशेष किसिमको छलफल गरी अगाडी वढेमा पर्वतको पर्यटन संगै समृद्धि र विकासमा दुई मत नरहने देखिन्छ । पर्वतमा यसिया क्षेत्रकै अग्ला र लामा पुल, वडगाउँ मुडिकुवा जोड्ने लग्लो तथा लामो पुल, यसैगरी कुस्मा ज्ञादी झोलुङ्गे पुल, खेरेहा ज्ञादी झोलुङ्गे पुल,विश्वकै दोस्रो अग्लो वञ्जीजम्प, केवलकार,गुप्तेश्वर गुफा,अलपेश्वर गुफा, ,लालेश्वर गुफा,विश्वकै ठुलो सेतीवेनी शिला, महाशिला, उत्तरी पर्वतको कालाञ्जर क्षेत्र,हम्पाल लेक, पार्वतीको जन्मभुमी पाङ, विश्वमै एकमात्र विष्णुअवतार शालिग्राम पाईने कालिगण्डकी र मोदीकालिको संगमस्थल मोदीवेणी दिव्यधाम, दुर्लुङकोट, पैयुँकोट, भुमेकोट, पैयुँ गाउपालिकामा प्याराग्लाइडिङ,कालिगण्डकीमा ¥याफ्टिङ, पञ्चासे, डहरे क्षेत्र, लिमिठाना कुर्घा र देविस्थानको संगमस्थलमाथि रहेको भैरवथान, जलजलामा रहेको मल्लाज दरवार, चिर्दिमुल सातमुले झरना तथा वराह क्षेत्र,यशियाकै ठुलो महाशिला, दुर्लुङमा रहेको क्यानोनिङ, ठुलीपोखरी, वन्दै गरेको विश्वकै अग्लो शिव पार्वतीको मुर्ती, सहस्रधारा, लगायत धौलागिरी अन्नपुर्ण, माछापुछ«े लगायत दर्जनौ हिमशृङ्खलाहरु देखिने ठाउँहरु रहेका छन् ।

यहाँका मौलिक तथा विभिन्न जातजातीका धार्मिक तथा साँस्कृतिक भेषभुषा, रहनसहन र संस्कृतीले पनि पर्यटक लोभ्याउने गर्दछन् । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षता,जिल्ला समन्वय समिती पर्वतका संयोजक मनोहर वि पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार महासंघ पर्वत शाखाका सचिव गणेश गिरीले गरेका थिए ।