नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक दिने अभिकर्ता तालिम कुस्मामा सम्पन्न

1399
views

निर्मल पौडेल २९ मंसिर पर्वत
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक दिने अभिकर्ता तालिम कुस्मामा सम्पन्न भएको छ । शनिवार कुस्माको होटल माउन्टेन भ्यूमा आयोजना गरिएको तालिममा करिव ४० जनाको सहभागिता रहेको थियो । तालिमका प्रमुख अतिथी तथा नेपाल लाईफ इन्स्योरेन्स क्षेत्रीय प्रमुख दशरथ झाले आफ्नो मन्तव्य राख्दै जीवन बीमा आर्थिक सुरक्षाको लागि मात्र नभएर भविष्यको महत्वपुर्ण योजना लाई साकार रुप दिन वचत गर्ने सवोत्कृष्ट आर्थिक औजार रहेको वताए ।

जीवन अमुल्य भएको भन्दै अमुल्य जिन्दगीमा भईपरी आउने जोखिमको लागि बीमाले ठुलो राहत दिनेमा जोड दिएका थिए । यसैगरी क्षेत्रीय विमा अभिकर्ता सिनियर एजेन्सी म्यानेजर चन्द्र गिरीले जीवन बीमाको महत्वको वारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा सामाजिक युवा व्याक्तित्व एजेन्सी म्यानेजर शंकर गिरीले हरेक नागरिकले जीवन बीमा अनिवार्य गर्नुपर्ने भन्दै विमाले दीर्घकालिन लक्ष्य प्राप्तीमा सहयोग गर्नुका साथै आपतकालिन तथा आकस्मिक दुर्घटनामा परिहाले पनि ठुलो सहयोग मिल्ने वताए ।

कार्यक्रममा वाग्लुङ शाखाका एजेन्सी म्यानेजर रामशरण पोख्रेल, एजेन्सी म्यानेजर देवी घिमिरे भुषाल, लगायतले वोलेका थिए । सोही कार्यक्रममा राम्रो कार्यसम्पादन गरेको भन्दै एजेन्सी म्यानेजर सरस्वती गिरी,नारायणी शर्मा र विजनेस कोअर्डिनेटर डिल्ली सुवेदी लाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।

कुस्मा शाखा प्रमुख ज्ञानु कुवँरको अध्यक्षता, नेपाल लाईफ इन्स्योरेन्स क्षेत्रीय प्रमुख दशरथ झा को प्रमुख आथित्यता,एजेन्सी म्यानेजर देवी प्रसाद भुषालको स्वागत मन्तव्यमा सम्पन्न तालिमको सञ्चालन इन्स्योरेन्सका वि.सी.डिल्ली प्रसाद सुवेदीले गरेका थिए । २०५८ सालमा स्थापना गरिएको कम्पनीले हाल देशभर २ सय १६ शाखा विस्तार गरेको छ । अन्य इन्स्योरेन्स भन्दा भरपर्दो, विस्वसनिय रहेको र वोनस रकम समेत अन्य कम्पनीहरुले भन्दा नेपाल लाईफले दिने भएकोले तालिममा सहभागिता जनाएको शंकरपोखरीका सन्तोष भुसालले वताए ।