७३७ म्याक्स विमानको उत्पादन बन्द गर्ने बोइङ्गको घोषणा

518
views

अमेरिका । अमेरिकी विमान निर्माता कम्पनी बोइङले सेभेन थ्रि सेभेन म्याक्स ७३७ म्याक्स विमानको उत्पादनमा अस्थायी रोक लगाउने घोषणा गरेको छ । बोइङ्गले आउँदो जनवरीदेखि अस्थायी रुपमा सेभेन थ्रि सेभेन सिरिजका जहाजको निर्माण बन्द गर्ने भएको हो ।

छानविन समितिहरुले निर्माण भएका नयाँ विमानमै त्रुटी रहेको औंल्याएपछि कम्पनीले केही समयका लागि उत्पादन नै बन्द गर्नुपरेको जनाएको हो । बोइङको यो निर्णयले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरि रहेका आपूर्तिकर्ता एवं विमानसेवाहरू प्रभावित हुने देखिएको छ ।

इन्डोनेशिया तथा इथियोपियामा सेभेन थ्रि सेभेन म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो । दुर्घटनापछि नौ महिनादेखि उडान रोकिएपनि नयाँ किसिमको जेट मोडलको उत्पादन भने जारी नै थियो ।