प्रहरीको सफलता- आठवर्ष देखी फरार अभियुक्त पक्राउ

771
views

नवदृष्टि संवाददाता
बारा, २० जेठ । जिल्ला प्रहरी कार्यालय बारा पछिल्लो समयमा अभियुक्त प्रक्राउ गर्न दिनप्रतिदिन सफल बन्दै गएको छ । श्रीमती हत्या गर्ने श्रीमान देखी लागु औषध गाँजा बेच्नेहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बारा प्रहरीले ८ बर्षदेखी फरार मोगल प्रसाद यादवको हत्यामा संलग्न विक्रम भन्ने रुपनरायण यादवलाई पक्राउ गरेको जनाएको छ ।
२०६६ साल ८ महिना १६ गते खेतको साधको विषयलाई लिई लाठी भाटा समेतले कुटपिट गरी हत्या गरिएका मोगल प्रसाद यादव हत्यामा संलग्न बारा जिल्ला तेलकुवा गाविस–८ बस्ने सजावल राउत अहिरको छोरा विक्रम भन्ने रुपनरायण यादवलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको हो । रुपनारायण यादव कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दाको वारदात मिति देखी नै फरार रहेको र उनलाई बिरगंज बसपार्क एरियामा लुकिछिपी बसेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ता बिरगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताए । रेग्मीले भने ‘हत्यामा संलग्न यादवलाई कानुन बमोजिम कारवाहीको लागी बारा जिल्ला अदालतमा दाखिला गरिएको छ ।’
हतियार सहित एकजना पक्राउ
जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बारा जिल्ला निजगढ नगरपालिका–८ स्थित सार्वजनिक सडकबाट काभ्रेपलाञ्चोक पनौती–२ घर भई बारा जिल्ला निजगढ नगरपालिका–२ बस्ने अर्जुन सापकोटा (निसान) लाई पक्राउ गरेको जनाएको छ । सापकोटालाई पिठ्युमा कालो झोला बोकी शंकास्पद रुपमा गईरहेको अवस्थामा प्रहरीले फेला पारी उनको झोलाबाट एकथान कटुवा पेस्तोल, उक राउण्ड गोली, र कथित स्थानिय चुनाव खारिज कईलजाव नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह लेखिएको आठ थान पर्चा पम्पलेट सहित पक्राउ गरेको हो । सापकोटालाई हातहतियार ऐन अनुसार कारवाहीको लागी ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
लागु औषध गाजाँ सहित एकजना पक्राउ
जिल्ला प्रहरी कार्यालय बारा मातहत अस्थायी प्रहरी चौकी मुर्किपलियाबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । बारा जिल्ला बारागढी गाउँपालिका–३ सुन्दरपुर टोल स्थित बारागढी गाउँपालिका–८ सुखिपथराका ४२ बर्षिय सुरेन्द्र साह बनियालाई पक्राउ गरेको हो ।
बारागढी गाउँबाट लंगडाचोकतर्फ साईकलमा आएका बानियालाई सात किलो पाँचसय ग्राम गाँजा सहित पक्राउ गरिएको र उनलाई लागु औषध ऐन अनुसार आवश्यक कारवाहीको प्रक्रियामा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।