कुस्मामा अन्तर माध्यामिक विधालय स्तरीय कविता प्रतियोगिता हुँदै

946
views

निर्मल पौडेल ,एन पि घायल १ पौष पर्वत
पर्वत साहित्य सङ्गमको अग्रसरता तथा कुस्मा नगरपालिकाको समन्वयमा कुस्मामा अन्तर माध्यमिक विधालय स्तरीय कविता लेखन प्रतियोगिता हुने भएको छ ।
यही पौष ४ गते शुक्रवार होटल बेञ्जुको सभाहलमा ठिक ११ वजेवाट प्रतियोगिता हुने भएको हो । नगरपालिका भित्रका माध्यमिक तहमा अध्ययनरत विधार्थीहरुमा कविता लेखन शैलीमा प्रवल वनाउनुका साथै रचनात्मक तथा सिर्जनात्मक क्षमतामा वृद्धि र विकास गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिएका छन् । पहाडीका अनुसार कुस्मा नगरपालिका भित्रका १४ वटै वडाका माध्यमिक तहमा अध्ययनरत छात्रा छात्रले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।जसमा नगरपालिका भित्रका प्रत्येक माध्यमिक विद्यालयका कक्षा ८ देखी कक्षा १० मा अध्ययनरत १ जना विद्यार्थी छात्र वा छात्राले प्रतियोगितामा भाग लिन पाउने भएका हुन् । कविताको शीर्षक सोही दिन प्रतियोगीता हुनु भन्दा १० मिनेट अगाडी मात्र उपलब्ध गराइने र प्रतियोगी विधार्थीले कक्षा खुल्नेगरी विधालयको पत्रसहित उपस्थित हुनुपर्ने पहाडीले वताए ।प्रतियोगीको मुल्याङ्कन तथा निणर्य संगै कवितामा शव्द ,शिल्प शैली ,व्याकरण लगायतका पक्षहरु ३ जना विषय विज्ञले निष्पक्ष रुपमा गर्नेछन् । निर्णयकको निर्णयअनुसार प्रथम, द्वितीय र तृतीय हुने लाई क्रमशः प्रमाणपत्रसहित ५ हजार, ३ हजार र २ हजार रुपयाँ पुरस्कार र सम्मान प्रदान गरिने भएको छ । अन्य सबै सहभागीहरुलाई सहभागिताको फ्रेम सहितको प्रमाणपत्र उपलब्ध गराइने र खाजा नास्ताको व्यवस्था संगै टाढाका विधालयवाट सहभागिता जनाउने प्रतियोगिलाई सामान्य यातायात भाडाको समेत व्यवस्था गरिएको सङ्गमका सचिव खेमराज शर्मा चापागाईले वताए । उनका अनुसार हरेक विधालयका प्रध्यानध्यापक लाई प्रतियोगितावारे जानकारी गराएको र आफ्ना विधार्थीहरुलाई सहभागी गराई सहयोगी भुमिका खेल्न समेत आग्रह गरेका छन् । विहान ११ वजेवाट सुरु भएर कार्यक्रम दिउसो साडे २ वजे अन्त्य हुने आयोजकले वताएको छ ।पर्वत साहित्य संगमले कला साहित्य र संस्कृतीको उजागर गर्न वेलावेलामा रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।