उदयपुरमा जिप दुर्घटना ३ जनाको मृत्यु, ५ घाइते

590
views

उदयपुर, ३ पुष । उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा आज बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । उदयपुरगढीबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पीबी ३०६८ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर इस्माली मगर र ३६ वर्षीय मिननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइतेमध्ये २ जनाको अवस्था जटिल रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

३ जना घाइतेको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहेको स्थानीय देव गिरीले बताए ।