लोमन्थाङ चिनाउने गीतहरु अंग्रेजी नयाँ वर्षमा सार्वजनिक हुने ⌈फोटो फिचर⌉

875
views

पोखरा ३, पुस । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्र लाई समावेस गरि तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको “छोडि नजाउ कतै हामी लोमन्थाङमै बसम” बोलको लोक गीत र “यो मुटुको टुक्रा मेरो लोमन्थाङ गाउ” भन्ने बोलको आधुनिक गीतको म्युजिक भिडियोको छायांकन हालै सम्पन्न भएको हो ।

दुवै गीतको छायांकन उपल्लो मुस्ताङको सांस्कृतीक महत्व बोकेको लोमान्थाङ दरवार परिसर र बजार, चराङ, मराङ, ढाक्मार, घ्याकर चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्यापमा छायांकन गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको लगानीमा छायांकन गरिएको उक्त गीतमा रमेश विजीको शब्द रहेको छभने लोक गीतमा चर्चित लोक गायक रामजी खांड र गायिका संगीता थापा मगरको स्वर रहेको छभने आधुनिक गीतमा नीशा गुरुङको स्वर रहेको छ ।

हालै छायांकन सकिएको लोक गीतमा गायक गायिका स्वयं रामजी खांड र संगीता थापा मगरले अभिनय गरेका छनभने आधुनिक गीतमा भने नीशा गुरुङको अभिनय रहेको छ । गीतको रेकर्डिङ प्रिजीमा रेकर्डिङ स्टुडियोमा गरिएको होभने दुवै गीतमा बिबी अनुरागी र सुरेश अधिकारीको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्ट र छायांकन राजेश घिमिरेले गरेका हुन ।

गीतको म्युजिक भिडियोमा मुुस्ताङको सांस्कृतिक महत्व बोकेका धरोहर संगै अनौठा भूगोल, उक्त क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु, मौलिक तथा पौराणिक कलासंस्कृति, स्थानीय रहनसहन, भेषभूषा र धार्मिक स्थलहरु समावेश गरिएको र सो गीतको म्युजिक भिडियोलाई नयावर्ष २०२० जनवरी १ तारिकका दिन एक विशेष समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङको हातबाट सार्वजनिक गरिने भिडियो निर्माता गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।