सैनिक अस्पताल छाउनीमा हेमोडायलाईसिस सेवा

833
views

काठमाडौं । नेपाली सेना र काठमाण्डौं महानगरपालिकाबीच श्री वीरेन्द्र अस्पताल छाउनीमा हेमोडायलाईसिस सेवा उपलब्ध गराईने भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डौ महानगरपालिकाका स्थानीय नागरिकहरुलाई मृगौला सम्बन्धी उपचारका लागि सेवा उपलब्ध गराउने सम्बन्धको समझदारी पत्रमा हस्ताक्षर गभएको छ ।

कार्यक्रममा महानगरपालिकाका मेयर शाक्यले ऐतिहासिक कार्यको थालनी भएको बताए ।

प्रधानसेनापति थापाले नेपाली सेना र महानगरवासीबीच सदियौंदेखि रहिआएको नागरिक–सैनिक सम्बन्धलाई स्वास्थ्य उपचार जस्तो संवेदनशिल सेवाको माध्यमबाट थप प्रगाढ र सुमधुर बनाउने विश्वास लिएको बताए ।