कविता -कसोरी विरानो भयौ ?

1047
views

कसोरी विरानो भयौ ?
–कविता
ओ मन परेको मान्छे
न रोएर पाउँछु तिमीलाई
न तिम्रा स्पर्शका समृतीमा पागल वनेरनै
न कुनै मठमन्दिर पुगेर
हजार पुकार गरी
दुधले नुहाएका
कहीँ, रगतमा पौडी खेलेका अविर र फूलमालाधारी
निर्जीव पत्थरहरुमा
यो टाउको ठोकाएरनै
ओ मन परेको मान्छे कसोरी विरानो भयौ ?
किन विरानो भयौ ??

ओ मन परेको मान्छे
हेर त यी नयनका गहिराईमा
कति निश्छलता छ
तिमी प्रतिको आगाध प्रेम र युगौँको चाहत
म सदैव यही चाहतको स्वैरकल्पनामा डुवुल्कीए
तिमी कसोरी हाँसेरै आहत दियौ

किन विरानो भयौ ?
कसोरी विरानो भयौ ??

ओ मन परेको मान्छे
कारण के थियो
तिमी विरानो हुनुमा
यही प्रश्नले मलाई वर्षोँदेखी थला पारिरह्यो
म घायल वनी
पुराना स्मृतिहरुको पोको पारेर
केवल यही प्रश्नको उत्तर खोज्न
वारम्मवार त्यहीँ पुगेँ
जहाँ
तिम्रो र मेरो पहिलो भेट भएको थियो ।

अहँ उत्तर भेटीन
वरु
त्यो भञ्जाङले फेरी झझल्को गरायो
जहाँ
तिमीले यी आँखा वन्द गराई
पहिलो स्पर्श गरेकी थियौ
तल देखिने कञ्चन कालीगण्डकी
र भञ्जाङ उप्रीको
कालिथान
साँची भन्दै टाउकोमा हात राखेर
युगौँ नछुटिने
वाचाकसमहरु
के विरानो हुनकै लागि गरेकी थियौ
अधुरा कसमहरु
ओ मन परेको मान्छे कसोरी विरानो भयौ ?
किन विरानो भयौ ??

ओ मन परेको मान्छे
दिल दिएको मान्छे
कसोरी खेल्न सक्यौ निश्छल यी भावनाहरुसंग ?
कसोरी टुक्राउन सक्यौ तिमी आँफै वसेको मुटु ??

कसोरी अलग गर्न सक्यौ मुटु वाट धड्कन
तिमी आँफै भन्थ्यौ
तिमी मुटुछौ र त म धड्कन भएकी छु ।
ओ मन परेको मान्छे कसोरी विरानो भयौ?
किन विरानो भयौ ??

अनयासै यी परेली भएर खस्ने
प्रत्येक थोपाहरुमा केवल तिम्रै प्रतिविम्व छ ।
मेरा कलेजीका भित्ताहरुमा
देव्रे छातीको भित्री कुनाकन्दरामा
तिम्रै प्रतिविम्वहरु
अतितका प्रहरहरु
मानौ
कुनै ह्यङ्गरमा नयाँ कपाडाझैँ
झुण्डिरहेछन् ।
ओ मन परेको मान्छे
कसोरी विरानो भयौ ?
किन विरानो भयौ ??

विश्वास र भरोसाको पाठ सिकाउने तिमी
प्रेमको परिभाषा

स्पर्शको अनुभुती गराउने
प्रेमको दुनियामा
हाँस्न, रुन सिकाउने,
रम्न, जम्न सिकाउने
हजार सपनाहरु देखाउने तिमी
प्रेममा जातभात, धनी ,गरिव हुँदैन भन्ने
तिमी
आज किन र केका लागि
पराई भयौ ?
कसोरी सुम्पिन सक्यौ जीवन र जवानी
ओ मन परेको मान्छे
माया गरेको मान्छे
दिल दिएर हिँडेको मान्छे
कसोरी विरानो भयौ ??
किन विरानो भयौ ??
निर्मल पौडेल एन.पि.घायल कुस्मा, पर्वत ।