पूर्वमाओवादी कार्यकर्ताको घरबाट एसएमजीसहित १० हजार गोली बरामद

964
views

धरान, ६, पुष । । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ (साविक भरौल गाविस) स्थित एक पूर्वमाओवादी कार्यकर्ताको घरबाट एक थान एसएमजी ठुलो परिणाममा गोली बरामद भएको छ ।

नेपाली सेनाको इटहरीस्थित पुर्वी पृतना मुख्यालयले पाएको बिशेष सूचनाको आधारमा सुरक्षा निकायले आइतबार खिया लागेको हतियार र गोली बरामद गरेको हो । सुरक्षा निकायले एक थान खिया लागेको एसएमजी र ९ हजार ९ सय ९२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलले भने।

उनका अनुसार स्थानीय खेम प्रधानको घरमा जुमिन मुनि गाडिएको अवस्थामा ती हतियार बरामद गरिएको हो ।

हतियार र गोली भेटिएको घरधनी प्रधान पुर्वमाओवादी कार्यकर्ता हुन् । उनले २०६७ सालमा घरमा नै कुखुरा फर्म खोलेका थिए । उनैको कुखुरा फर्म मुनि गाडिएको अवस्थामा हतियार र गोली भेटिएको हो ।

बरामद भएको हतियार सुनसरीमा अहिलेसम्मकै ठुलो परिणामको हो । यसअघि पनि धरान ६ पानवारीबाट द्वन्द्वकालको अत्याधुनिक हतियारसहित नेत्रविक्रम चन्द विप्लवको कार्यकर्ता पक्राउ परेका थिए । आइतबार बरामद भएको हतियार पनि सशस्त्र द्वन्द्वकालकै हुनसक्ने अनुमान गरिएको छ ।