होन्डुरसको जेलमा कैदी–बन्दीबीच झडप, १६ को मृत्यु

849
views

होण्डुरसको जेलमा रहेका कैदी–बन्दीबीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ । जेलमा रहेका कैदी–बन्दीबीच आइतबार झडप हुँदा उनीहरूको मृत्यु भएको हो ।

आइतबार होन्डुरसको राजधानी तेगुतिगाल्पाको पूर्वी भागमा अवस्थित एक जेलमा रहेका कैदी–बन्दीको दुई समूहबीच भएको झडपमा उनीहरू मारिएका हुन् । झडपका क्रममा बैदीहरूबीच चक्कु तथा खुँडा हानाहान भएको बताइएको छ ।