राष्ट्रिय सभाका अध्यक्ष क्रिसमसको शुभकामना

575
views

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमसको अवसरमा शुभकामना व्यक्त गरेका छन । तिमिल्सिनाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन ।

शुभकामना वक्तव्यमा उनले भनेका छन् ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर मुलुक हो । हाम्रा चाडपर्व र संस्कृति पनि कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित नभई राष्ट्रिय एकता, पारस्परिक सदभाव, मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएका छन् ।’

तिमिल्सिनाले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ। संविधानप्रदत्त हक अधिकारहरुलाई कार्यान्वयन गर्दै प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी गराउँदै आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्बन गर्नु हामी सबैको दायित्व हो । वर्तमान सरकार पनि संविधानद्बारा प्रत्याभूत गरिएका आम नेपाली नागरिकहरुका हक अधिकारहरुको कार्यान्वयनमा प्रतिवद्ध भएर लागिरहेको छ शुभकामना वक्तव्यमा लेखेका छन् ।

अध्यक्ष तिमिल्सिनाले भनेका छन् ‘‘यस अवसरमा नेपालको राष्ट्रिय एकता, स्वधीनता तथा अखण्डतालाई मजबुद बनाउँदै, विभिन्न जात, जाति, धर्म, समुदाय बीचको सु(सम्बन्धलाई प्रगाढ तुल्याउँदै, मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न हार्दिक अपिल गर्दै क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’’