खुशीरामको छायाङ्कन सम्पन्न

1102
views

निर्मल पौडेल
पर्वत, ९, पौष । आध्यात्म वादमा आधारित लघु चलचित्र खुशीरामको छायाङ्कन सम्पन्न भएको छ । विगतमा भाँडभैलो, भताभुङ्ग लगायतका टेली सिरियल उत्पादन र प्रशारण गरेको निर्माण युनिटले पछिल्लो समय लघु चलचित्र निर्माणमा अग्रसर भएको हो । खुशीरामको छायाङ्कन पर्वत र वाग्लुङका विभिन्न स्थानहरुमा गरिएको छ।

मानिसलाई धनले प्रदान गर्ने क्षणिक खुशीवाट उत्पन्न हुने कष्ट र वास्तविक जीवनको खुशी कसरी प्राप्त गर्न सकिन्छ भन्ने मुख्य विषयवस्तुमा केन्द्रीत भएको कथाकार तथा निर्देशक किसान वि.सीले जानकारी दिएका छन् ।

चलचित्रमा धौलागिरीका चर्चित कलाकार अर्जुन थापा ,विज्ञान हमाल, सरु पुन, सरिता थापा,मिना पुन,शालिकराम वि पौडेल लगायतले अभिनय गरेका छन् ।जसको छायाङ्कन कमल एल एक्सले गरेका छन् । चलचित्र माघको पहिलो साता प्रदर्शन हुने निर्माण युनिटले वताएको छ