कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक शुरु

590
views

सुर्खेत, ११, पौष । कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोश्रो वैठक हिजोदेखि देखि शुरु भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बैठक आज र भोली चल्ने बताइएको छ ।

वैठकमा परिषद सदस्यको रुपमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सरकारका सचिवहरु, प्रदेश भित्रका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु र विषयगत विज्ञहरुको सहभागिता रहेको छ ।

हिजो सुरुभएको वैठकवाट पहिलो वैठकका निर्णयहरुको समिक्षा, विज्ञहरुको कार्यपत्र प्रस्तूति, प्रदेश तथा स्थानीय तहका सरकार विचको समन्वय तथा आगामी योजनाका सम्वन्धमा छलफल हुने वताईएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुइदिन सम्म चल्ने बैठकमा स्थानिय तह र प्रदेश सरकारविचका साझा अधिकारका विषयमा, प्रदेश सरकारले पञ्चवर्षिय योजना र अहिलेको आधार पत्र तयार पारेको भन्दै यस विषयमा पनि व्यापक हुनछलफल हुने पनि मुख्यमन्त्रि शाहीले बताए ।

दुइतहका सरकारविच अहिले सम्मका काम कारवार्हिमा के समस्या छन् र कसरी काम भइरहेको छ भन्ने विषयमा पनि बैठकमा छलफल हुने छ । कर्णालीको आर्थिक विकास र समृद्धीका लागि गुरुयोजना निमार्णका लागि छलफल हुने जनाइएको छ । दुइवटै सरकारले प्रभाबकारी रुपमा काम गर्नका लागि समन्वयन र सहकार्य गर्ने गरी काम गर्ने पनि मुख्य मन्त्री शाहीले बताए ।

संविधानले संघ, प्रदेश र स्थानीय तह विचको सम्वन्ध सहकारिता, सह-अस्तित्व र समन्वययमा आधारित हुने प्रष्ट गरेको छ ।

संविधानको सोही व्यवस्था वमोजिम स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०५ को उपदफा १ मा प्रदेश तथा स्थानीय तहले गर्ने कामकारवाहीमा नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकारक्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाड सम्वन्धी विषयमा प्रदेश र स्थानीय तहवीच समन्वय कायम गर्न प्रदेश समन्वय परिषद रहने व्यवस्था गरेको छ ।