सुर्खेतमा बाँदर आतंक, बाँदरले अनुसन्धान गर्न थाले

2569
views

जितेन्द्र थापा
सुर्खेत, ११, पौष । सुर्खेतको बराहाताल गाँउपालिका वडा नं २ मा किसानहरुले लगाएको बालिनाली बाँदरले नष्ट गरेपछि किसानहरु चिन्तितसँगै अचम्मित बनेका छन ।

पहिले पहिले मकै, गहुँ, धान, लगायतका अन्नबाली खाने नष्ट गर्ने बाँदर अहिले भान्सामा पसेर पकाएको खाना, केरा, प्याज, लसुन लगायतका पहिले नखाने सबै प्रकारका खाद्यान्न खान थालेपछि किसानहरु अचम्मित बनेका हुन ।

पछिल्लो दुईमहिना एता पाक्ममा बाँदरले बारीमा लगाएको सबै अन्नबाली नष्ट गर्दा स्थानिय निकै चिन्तित बनेका छन् । पहिले पहिले बाहिरको सबै खाए अहिले बाहिरी खानेकुरा नहुँदा घरभित्र नै पसेर पकाएको खाना र घरभित्रको सबै अन्न खाने र नष्ट गर्न थालेको स्थानिय लोकेन्द्र वलीले बताए ।

अहिले बाँदरको आतंक निकै बढेको छ, उनीहरु पनि के खान हुने, के खान नहुने भनेर अनुसन्धान गर्न थालेको बताउँदै वलीले भने ‘अहिले आफुहरुले लगाएको गहुँ तरकारी, फलफुल, लसुन, प्याज, केरासँगै मानिसले जे जे खान्छ त्यही त्यही खान थालेका छन ।’

वलीले बाँदरले बाहिर खानेकुरा नपाएपछि घरभित्र पसेर धान राखेको भकारी समेत फोरेर खाएको बताए । बाँदरको आतंकले अहिले करिब डेढसय घरधुरी प्रभावित भएका छन् ।

उनले आफुहरुले बारीमा लगाएको गहूँ, केराउ, सिप चना, मसुरी चना, फलफुल, फर्सि लगायत अन्य बालिनाली नष्ट गरेको बताए । करिब दुई तिन सयको बगालमा आउने बाँरले मान्छेलाई धपाउन थालेको वलीले बताए ।

त्यस्तै अर्का स्थानिय समाजसेवी जयराज थापाले भने ‘‘अहिले बाँदरको आतंक निकै बढेको छ, करिब दुईसय बाँदरको बगाल आएर गोठमा सुकाउनलाई राखेको मकै समेत बाँदरले लगेपछि आफुहरु निकै चिन्तित परेको बताए ।

थापाले बारीमा भएको मात्र होइन घरमा कोहि नभएको बेला बाँदरले घरभित्रको खाद्यान्न, गोठमा सुकाउन राखेको मकै, कौसीमा राखेको प्याज, लसुन, पकाएको भातसमेत उठाएर लिने गरेको बताउँदै उनले भने ‘बाँदरलाई मारौं भने मार्न पाईदैन, लखेटौ त उल्टै लखेट्न थालेका छन’’

अहिले बराहाताल गाउपालिका वडा नं २ को हरिहरपुर भित्रिखोलादेखि ज्यामिरकुना खैरघारिसम्म बाँदरको आतंक निकै बढेको छ बादरको आतंकबाट डेढसय घरधुरि प्रभावित भएको स्थानिय समाजसेवी श्याम कार्कीले बताए ।