छैठौँ बागलुङ महोत्सव शुरु, भ्रमण बर्षलाई टेवा पुग्ने अपेक्षा

1600
views

सीताराम थापा
बाग्लुङ । बागलुङमा मनाउदै आएको छैठौ बागलुङ महोत्सब सुरु भएर २१ गते सम्म चल्दै छ । बिभिन्न जातजाति, समुदायको रोमाञ्चक झाँकी, परम्परागत कला संस्कृति र्याली सहित महोत्सवको भव्य रुपमा सुरु भएको छ । महोत्सबको पुर्व सन्ध्यामा बागलुङ लगानि सम्मेलन गरि आयोजकले नया सन्देश दिएको थियो । यसले स्थानिय उत्पादन र उधोग बाणिज्यको साथै पर्यटन प्रर्वद्धनको अपेक्षा गरिएको छ ।

बागलुङ उद्योग बाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । अध्यक्ष तिमिल्सनाले मेला महोत्सवका नाममा आयात मात्र बढाउन नहुने यसको लागि निर्यात पनि हुनु पर्ने बताए । उद्योग र बाणिज्य एकै निकाय भएपनि बाणिज्यको काम भएकाले स्थानिय उद्यमलाई बढोत्तरी गर्नुपर्ने बताए ।

मेला महोत्सवको अधिकांश खर्च देशबाट वाहिरने परिस्थितिको अन्त्यका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने कुरा उनको जोड थियो । उद्योग सञ्चालन गर्नेको संख्यामा वृद्धि नभएसम्म मुलुकले समृद्धि हासिल नगर्ने भन्दै उद्योग स्थापनका लागि उद्योग वाणिज्य महासंघ लागेमा आफु नीतिगत र कानूनी रुपमा लागि पर्ने बताए । यसको लागि आवश्यक पुर्वाधार तयार गर्न आफु लागि परेको र सडक संजाल विस्तार गरि ढोरपाटन छिटै पुर्याउने बताए ।

नेपाल उभोग बाणिज्य संघको उपाध्यक्ष चन्द्र ढकालले लगानिमैत्री वातावरण तयार भए आफुले व्यापार र पर्यटन बिकासमा सहयोग गर्ने बताए ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । भ्रमण वर्षका रुपमा सरकारले मनाउन थालेको सन् २०२० लाई सहयोग पुर्याई बागलुङमा पर्यटक ल्याउन लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी बताउँछन ।

महोत्सवमा स्थानिय सांस्कृतिक प्रतियोगिता, खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता, फोटो प्रदर्शनी, कृषि प्रदर्शनी, हेलिकप्टरवाट दृश्य अवलोकन, प्याराग्लाडिङ, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आर्कषण्का रुपमा रहेको, आयोजकका महासचिब नरेस कंडेलले बताए। महोत्सवमा २०० व्यवसायिक स्टलहरु रहेको र विभिन्न उपसमिति गठन गरि ब्यवस्थित गरिएको उप–समितिका ऋषि गौतमले बताए ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव नरेश कंडेललको सञ्चालन गरेका थिए ।