पर्वतको महाशिला गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

507
views

विकासराज पौडेल
पर्वत, २४, चैत्र । पर्वतको महाशिला गाउंपालिका ५ लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा १ दिने पाठेघर तथा आङ खस्ने रोगको निशुल्क स्वास्थ्य शिविर बुधबार समपन्न भएको छ ।
वमेन फर वमेन फाउन्डेशन काठमानडौं र जिल्ला स्वमस्थ्य कार्यलाय पर्वतको व्यवस्थापनमा सञ्चालन भएको शिविरमा १८५ जनाको हारहारिमा महिलाहरुले निशुल्क सेवा लिएका छन ।
ग्रामिण भेगका महिलाहरुले गर्भवती सुत्केरी अवस्थामा स्वास्थ्यमा ध्यान नदिँदा महिलाहरुमा आङ खस्ने समस्या बढदै गएकाले निशुल्क शिविर सञ्चालन गरिएको कार्यक्रम व्यवस्थापन समितिका संयोजक जिवन उच्चै ठकुरीले जानकारी दिनु भयो । साथै शिविरमा स्वस्थ्य जाच गरिएका ६ जना अप्रेसन गर्नुपर्ने विरामिहरुलाई मनिपाल शिक्षण अस्पताल पोखरा र मनमोहन अस्पातल काठमाडौंमा निशुल्क अप्रेशनका लागि पठाइने जनाइएको छ ।
शिविरमा महाशिला गाउँपालिका अन्र्तगत पर्ने लुंखु बालकोट, पाखापानी फलमखानी,भोक्सिङ र आसपास क्षेत्रका विरामीहरु प्रत्यक्ष लाभान्वित भएका छन ।यस्तो महत्पुर्ण कार्यक्रम गरी स्वास्थ्य सेवा प्रदान गरेकोमा त्यहाँका गाउँका बासिन्दाहरुले वमेन फर वमेन फाउन्डेशन प्रति अभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा गरेका छन ।