आई.एम.ई लाइफको एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न

1851
views

पर्वत, १३ पौष । आइ. एम. इ. लाइफ इन्स्योरेन्स कम्पनी लि. ले गण्डकी प्रदेश स्तरीय एजेन्सी मिट तथा अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने ४८ जना एजेन्सी मेनेजरलाई सम्मान गरेको हो । कार्यक्रममा पर्वत, वाग्लुङ, म्याग्दी, कास्की, स्याङ्जा, दमौली लगाएतका जिल्लावाट प्रतिनिधित्व रहेको थियो ।

सोही कार्यक्रमका विच कम्पनिले एजेन्सी मेनेजरहरुका लागि सहायक महाप्रबन्धक, मार्केटिङ प्रमुख तथा मोटिभेसनल ट्रेनर ऋषिभक्त ढकालको सहजीकरणमा मोटिभेस्नल शेसन पनि संचालन गरेको थियो ।

कार्यक्रम आई.एम.ई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक तथा गण्डकी प्रदेश प्रमुख सुर्यप्रसाद घिमिरेको अध्यक्षता, धवलागिरी एरिया प्रमुख शिवप्रसाद शर्माको संचालनमा, कम्पनीका कार्यकारी प्रमुख श्रीचन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्नता भएको कार्यक्रममा वेनी नगरपालिकाका उपप्रमुख तथा आई.एम.ई. लाइफ इन्स्योरेन्स कं लि. का सिनियर एजेन्सी मेनेजर सञ्जु थापा वरुवाल, सिनियर एजेन्सी मेनेजर अधिवक्ता ममता शर्मा, प्रदेशमा नै उत्कृष्ट विमा व्यवसाय गर्ने एजेन्सी मेनेजर सुगम श्रेष्ठ, पोखराका सिनियर एजेन्सी मेनेजर तिलकशालि सापकोटा लगाएतले बोल्नुभएको थियोे ।