‘एमसीसी’ पारित भए नेपाल रणभूमि बन्छ–गजुरेल

5082
views

नवलपरासी, १३, पौष । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी अमेरिकी रक्षा नीति इन्डो प्यासिफिक स्ट्राटेजी कै एक अङ्ग भएकोले यसलाई कुनैपनि हालतमा संसदबाट पास गर्न नहुने बताएका छन् ।

शनिबार नेकपा (क्रान्तिकारी माओवादी) नवलपुरका जिल्ला स्तरीय कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

गजुरेलले भने ‘इन्डो प्यासिफिक नेपालको हित अनुकुल छैन । अमेरिकाको नेपालमा शैन्य अखडा खडा गर्ने र नेपाललाई रणभूमि बनाउनका लागि इन्डो प्यासिफिक आएको हो । नेपालका कुनै पनि हालतमा पास गर्नु हुँदैन ।’ एमसीसी लागू भए त्यसले नेपाल एउटा रणभूमिमा परिणत हुने बताए ।

प्रशिक्षणमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश ४ का इन्चार्ज अलट, प्रदेश सेक्रेटरी किशोर लगायतले प्रशिक्षण दिएका थिए ।