म्यानचेस्टर युनाइटेडद्वारा बर्नली पराजित

428
views

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सीसँगको अंक दूरी एक बनाएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बर्नलीमाथि २–० को जित निकाल्दै पाँचौँ स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडले शीर्ष चार पुग्ने सम्भावना बलियो बनाएको हो ।

युनाइटेडका लागि एन्थोनी मार्सियल र मार्कस राशफोर्डले गोल गरे । जितपछि पाँचौँ स्थानको युनाइटेडको २० खेलबाट ३१ अंक भएको छ । एक खेल कम खेलेको चौथो स्थानको चेल्सीको ३२ अंक छ । २० खेलबाट २४ अंकसहित बर्नली १३ औँ स्थानमा छ ।

राति नै भएको अर्को खेलमा टोटनह्याम नर्विच सिटीसँग २–२ को बराबरीमा रोकिएको छ । खेलमा टोटनह्यामका लागि ह्यारी केन र क्रिष्टियन एरिक्सनले एक–एक गोल गरे । नर्विचका लागि मारियो भ्रान्सिचले एक गोल गरे ।

टोटनह्यामका सर्जो ओरिएरले आत्मघाती गोल गरे । बराबरीपछि छैटौँ स्थानको टोटनह्यामको २० खेलबाट ३० अंक भएको छ । पुछारको नर्विच सिटीको २० खेलबाट १३ अंक रहेको छ ।

राति नै भएको अर्को खेलमा एभर्टनले न्युकासल युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै अर्को खेलमा वाट्फोर्डले एस्टन भिल्लालाई ३–० ले हराएको छ । साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।