स्टक एक्सचेञ्ज लगानी कर्ता सचेतना कार्यक्रम हुने

600
views

पोखरा, १३, पौष । गण्डकी प्रदेशमा रहेका लगानीकर्ताहरूमा नेपालको पूँजीबजार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा पूँजी बजारमा भएका नयाँ विकास र उपलब्धिहरूको जानकारी गराउने उद्देश्यले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङको संयुक्त आयोजनामा देहाय बमोजिमको कार्यक्रमको आयोजना हुन गईरहेकोले इच्छुक महानुभावहरूलाई सहभागिताको लागि हार्दिक अनुरोध छ ।

लगानीकर्तालाई पुँजीबजार सम्बन्धी जानकारी तथा हाल पुँजी बजारमा भएका नयाँ विकास तथा उपलब्धि सम्बन्धी जानकारी गराउने, नेपाल स्टक एक्सचेन्जको अनलाइन कारोबार प्रणाली तथा सिडिएससिले सञ्चालनमा ल्याएका सेवाहरू मेरो शेयर, सि–आस्बा, इ–डिआईएस, भारित औसत गणना सम्बन्धी जानकारी मूलक प्रस्तुति प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रवन्धक सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

आइतबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने पनि उनले वताए । साथै सोमबार वाग्लुङको होटल पिस प्यालेसमा र मंगलबार दमौलीको व्यास नगरपालिकाको सभाहलमा सोही कार्यक्रम गरिने पनि उनले जानकारी दिएका छन् ।

कार्यक्रमममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अध्यक्ष लक्ष्मण न्यौपाने, सिडिएस एण्ड क्लियरिङ लिमिटेड प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, का. मु. प्रवन्धक निरञ्जन फुयांल, सुरेश न्यौपाने लगाएतले सहजीकरण गर्ने छन् ।