सिरहामा एकदिने स्वास्थ्य शिविर

520
views

सिरहा । सिराहाको गोलबजारमा एकदिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । धनगढीमाई नगरपालिका कसाहामा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त शिविर सम्पन्न गरेको हो ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय असनपुरका साथै आर के मेडिसिटि, धनगढीमाई नगरपालिका वडा नं. ६, ७ र ८ को संयुक्त आयोजनामा भएको शिविरमा ३ सय भन्दा बढीले लाभ लिएको मेरोमाइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए ।

एकदिने स्वास्थ्य शिविरमा निशुल्क होलवडी चेकअप, स्तन तथा पाठेघर सम्बन्धी बिभिन्न रोगहरुको टेष्ट गर्नुका साथै औषधी वितरण गरिएको भण्डारीले जानकारी दिए । शिविरमा नगरपालिकाका वडाध्यक्षहरुले एक दिने स्वास्थ्य शिविर आयोजनाले गरिब तथा विपन्न परिवारहरु लावान्भित भएको बताएका छन् ।

सो अवसरमा जनस्वास्थ्य संग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने समेत बताए । आफ्नो वडाहरुले जनजीवनसंग सम्बन्धीत यस्ता कार्यक्रमहरुमा साथ, सहयोग रहने बताएका थिए ।