पाँच देश सम्मिलित तेक्वान्दो प्रतियोगितामा पर्वतलाई २ गोल्ड, ३ रजत र ६ कास्य

811
views

पर्वत । गण्डकी प्रदेशको नवलपुरमा सम्पन्न लुम्बिनी ओपन अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा फलेबास तेक्वान्दो डोजोका अमृत सुनार ६४ केजी तौल समुह र २८ केजी तौल समुहमा मिसन थापा प्रथम भएका छन् ।

प्रतियोगितामा ५५ केजी तौल समुहमा शुसी माझी र ४४ केजी तौल समुहमा रन्जिता परियार द्धितिय र २२ केजी तौल समुह समिप थापा, ४३ केजी तौल समुह अमित परियार, ४७ केजी तौल समुह प्रतिभा थापा, ५० केजी तौल समुह समिता थापा र ६० केजी तौल समुहमा दिपेन्द्र नेपाली तृतिय भएका छन् ।

नेपाल, भारत, कोरिया, भुटान, श्रीलंका, बंगालादेशका खेलाडीहरुबीच प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा पर्वतले दुई गोल्ड मेडल, ३ रजत र ६ कास्य पदक हात पारेको छ ।