लोमन्थाङ चिनाउने दुइवटा म्युजिक भिडियो सार्वजनिक

1082
views

गीता राना
पोखरा, १७, पौष । भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ चिनाउने दुइवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टद्धारा निर्मिते “लोमन्थाङ गाउ र लोमन्थाङमै बसम” बोलको गीतको म्युजिक भिडियो भ्रमण वर्ष उद्घाटन समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले गण्डकी प्रदेश आफैमा प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले भ्रमण वर्ष २०२० सफल हुनेमा कुनै शंका नरहेको वताए । गण्डकी प्रदेश हिमालदेखी तराइ सम्म फैलिएको र अन्य प्रदेशहरुमा भन्दा बढी मात्रामा पर्यटकीय गतिविधीहरु सञ्चालन भइरहेकाले पनि भ्रमण वर्ष सफल हुने उनको भनाइ रहेको थियो ।

हिमालपारिको जिल्ला उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको पुरातात्विक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतीक सम्पदाको प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले लोमान्थाङ गाउ वोलको आधुनिक र लोमन्थाङमै बसम वोलको लोक गीत निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य विष्टले एक वर्षको तलबभत्ता बरावरको लगानीमा उक्त म्युजिक भिडियोहरुको निर्माण गरेका हुन । लोमान्थाङ गाउ वोलको आधुनिक गीतमा गायिका जुनु रिजालले स्वर दिएकी छिनभने र लोमन्थाङमै बसम वोलको लोकगीतमा चर्चित लोकदोहोरी गायक रामजी खांड र संगीता थापा मगरको स्वर रहेको छ । आधुनिक गीतमा निशा गुरुङको अभिनय रहेको छभने लोक गीतमा गायक गायिका स्वयंको अभिनय रहेको छ ।

दुवै गीतको शब्द रचना रमेश बिजीले गरेका हुन । दुवै गीतमा बिबी अनुरागीकोे संगीत संयोजन छ भने म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । भिडियो छायांकन भने राजेश घिमिरेले गरेका हुन । प्रिजीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतहरुको पोष्ट प्रोडक्सन साइभिजन प्रा.लि.को रहेको छ ।

उक्त गीतहरुको छायांकन उपल्लो मुस्ताङको लोमान्थाङ बजार, चराङ, मराङ र चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्याप लगायतका क्षेत्रमा गरिएको हो । उक्त गीत लाफा म्युजिक युट्युव मार्फत बजारमा ल्याइएको छ ।