जिउँदो शहीद तारा खड्काको आँखामा आँशु

1122
views

महेन्द्र जिसी
पर्वत, २२, जेठ । पञ्चायती शासन विरुद्ध लडेका रुकुम खलङ्गाका तारा खड्का गणतन्त्रमा भात माग्दै हिडेका छन् । २०४६ को आन्दोलनमा पञ्चायती शासन विरुद्ध उत्रिएका उनी सालमा देशमा कायम पञ्चायती शासन व्यवस्था विरुद आन्दोलनमा उत्रिएका खड्काले सदरमुकामका पसलमा मागेर गुजारा चलाउन बाध्य बनेको बताए । नारायणहिटी दरबार अगाडी रहेको राजा महेन्द्रको शलिक ढाल्दाको प्रहरी कार्वाहीमा शरीरको दाँया तर्फका हात खुटटा र जिउरो गुमाएका खड्काले कहिल्यै सम्मान पाएनन् ।
तत्कालीन सरकारले जिब्रो काटिदिनुका साथै शरीर चिरेर नुनचुकको यातना भोगेका उनलाई वहुदलीय व्यवस्था कायम भएपछि सरकारले जिउँदो शहीद घोषणा गरेको थियो । ४८ बर्षको उनको यात्रा मागेर खानुपर्नेमा टुङ्गिएको छ । बहुदलीय सरकार रहुँन्जेल सरकारी बसोवासको व्यवस्था गरिएको भएपनि लोकतान्त्रिक गणतान्त्रिक सरकारबाट अपमान सहेको खडकाको भनाई छ ।
पञ्चे सरकारको बरबर यातनाका कारण दुईबर्षसम्म बेहोसी अवस्थाका खड्काले तात्कालिन समयको दुई वर्षपछि होसमा आएको बतासम्झिन्छन् । यातनाकै कारण उनले मासिक १६ सय रुपैयाँ औषधीमा खर्चिने गरेको उनको भनाई छ । ४६ साल चैत्र २४ गते भएको संयुक्त जनआन्दोलमा खडकासँगै पञ्चे शासन विरुद्ध उत्रिएको भन्दै नौजना सरकारी कार्वाहीमा परेका थिए । अन्यले जिवन गुमाए भने खडकालाई तत्कालीक सरकारले मरेको घोषणा गरेपनि वहुदलीय सरकारले उपचार गरेपछि बाँचेका थिए । सरकारले दुई वर्ष सम्म अमेरीकामा उपचार गराएको थियो । उपचारपछि नेपाल फर्कीएका खडकालाई पछिल्ला वर्तमान सरकारले सेवासुविधा र उनको उपचारमा समेत वेवास्था गर्दै आएको छ ।
कृत्रिम खुटटाको साहाराले झोलाभरी औषधी र आँफुले पञ्चायती सरकार विरुद गरेको प्रणमा पाएका प्रमाण पत्र र पत्रिकाको भरमा उनी बाँच्नका लागि मागेर हिड्ने गरेको बताउँछन् । जिउँदो शहीदको पहिचान पाएका खड्का सम्मान भन्दापनि भोक टार्न आँखामा आँशु र झोलामा प्रमाणपत्र राखेर दिनचर्या गुजारीरहेका छन् ।