लिभरपुलको अपराजित यात्रा कायमै, सेफिल्ड युनाईटेड पराजित

590
views

पौष, १८ गते । इङ्लिस प्रिमियर लीगमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा लिभरपुलले सेफिल्डमाथि २–० को सहज जित निकालेको हो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र मोहमद सलाहाले एक एक गोल गरे। लिभरपुल अपराजित रहँदै लिग तालिकाको शीर्ष स्थानमा रह्यो। उसले लिगको सम्भावित ६० अंकमा मात्र दुई अंक गुमायो ।

मोहमद सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। साडियो मानेले ६४ औ मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ। उसले लिगमा १३ अंकको अग्रता लिएको छ । दोस्रो स्थानको लेस्टरको ४५ अंक छ । तेस्रो स्थानको म्यान्चेष्टर सिटीको ४४ अंक छ। सेफिल्ड २९ अंक सहित तालिकाको आठौं स्थानमा छ ।