सुत्केरी व्यथा कम गर्ने भी आर हेडसेट

2690
views

वासिङ्टन । वेल्सस्थित एन इच एस अस्पतालमा भर्चूअल रियालिटी उपकरणको परीक्षण विधि सुरु गरिएको छ । यो सुत्केरी व्यथा लागेका महिलामा पीडा कम गर्नका निम्ति गरिएको नँया परिक्षण हो । यो मेसिनले आफू बसेको संसारबाट अलग भएर अर्कै दुनियाँमा पुगेको महसुश गराउँछ । भी आर हेडसेटले समुन्द्रको छेउमा आराम र मार्सको यात्रा गरेको आवास दिन्छ । यो विशेष महिलाहरुका लागि दुखाइ कम गर्न अपनाइएको विधि हो ।

रिस्केपको हेडसेट स्याम्सुङगेर जेन टुु हो । कानमा जस्तै आँखा छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान पार्ने भी आर प्रविधि हअिले विशेषतः कम्प्युटर गेमहरुका लागि प्रख्यात रहेको छ ।

सुत्केरी व्यथा लागेको प्रारम्भिक चरणमा हेडसेट लगाएर यो उपकरणको प्रयोग गरेकी अमेरिकी एक प्रयोगकर्ता हानाले आफ्नो अनुभव सुनाएकी छिन्, यसले मलाई आराम र रमाइलो महसुश गरायो, उनी भन्छिन् ।

भर्चूअल रियालिटीको मद्धतबाट बच्चा जन्माउने काम साँच्चिकै सम्भव होला कि नहोला त्यो भने हेर्न बाँकी नै छ । पहिले बच्चा पाउँदा दुखाइ भोगिसकेका माहिलाहरुको लागि यो विशेष रुपमा उपयोगी हुन्छ ।

लस एन्जेल्स, सिर्डस सिनाई अस्पतालमा गरिएको सर्वेक्षणमा ५७ प्रतिशत महिलाहरुले व्याथाको दुखाइ महसुश नभएको बताएका छन् । युसीएलएमा गरिएको अर्को अध्ययनमा पहिलो त्रैमासिक गर्भपतन गर्दा ५ मिनेट भन्दा वढी भी आर प्रयोग गर्ने महिलाहरुले कम चिन्ता महसुश गरे ।