मुस्ताङ हिडेका पर्यटकहरु बागलुङ महोत्सवमा

1450
views

सीताराम थापा
बागलुङ । बाग्लुङमा महोत्सव राति ९ बजेसम्म चलिरहे पनि नयाँ बर्षको दिन भ्रमण बर्ष २०२० लाई समेत स्वागत गर्न रातको १ बजेसम्म महोत्सव स्थलमा मानिसको भिड लागेको थियो । नेपाल सरकारद्वारा घोषित भ्रमण वर्षको अवसरमा बागलुङ महोत्सव–२०७६ संचालनले स्वागतको अवसर जुटाएको छ ।

नयाँ वर्ष र भ्रमण वर्षलाई एकसाथ स्वागत गर्न बागलुङबाँसीहरुले भव्य स्वागत, नाँचगान, गण्डकी स्तरीय कृषि प्रर्दशनी, समेत गरियकने बताउदै नयाँ बर्षको दिन प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले स्वागत उद्घाटन गर्नुभएको थियो ।

अंग्रेजी नयाँ वर्ष २०२० संगै शुरु हुँन लागेको भ्रमण वर्षको स्वागतका लागि महोत्सवले विशेष कार्यक्रम नै आयोजना गरेको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलले बताउनुभयो ।

उहाँले राष्ट्रिय कलाकारको प्रस्ततुती, जिवित व्याण्डको लाईभ, डिजे प्रस्तुती संगै रातको ठिक १२ वजे आतिसवादी बालेर भ्रमण वर्षलाई स्वागत गरिएको कंडेलले बताए । भ्रमण बर्षको लागि सभ्य तवरले न्यानो स्वागत गर्नका लागि हजारौ आउने ब्यवस्था मिलाएको संघको टिकट ब्यवस्थापन समितपका संयोजक ऋषि रोकाले बताए।भ्रमण वर्ष शुरुभएसंगै बागलुङ आउने पर्यटकहरुलाई हेलिकप्टरद्वारा बागलुङका पर्यटकीय क्षेत्रको दृश्याअवलोकन, प्याराग्लाईडिङको समेत व्यवस्था गरेको उद्योग वाणिज्य संघ बागलुङका बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माले बताउनुभयो ।

नयाँ वर्षका दिन पुस १६ गते बागलुङ भित्रिने आगन्तुक पाँहुनाहरुलाई बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गामा फूलमालाले स्वागत गरिएको संघको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

महोत्सव तथा नयाँ वर्षको अवसरमा बागलुङ बागलुङमा रहेका अधिंकाश सुविधा सम्पन्न होटलहरु भरिभराउ हुन थालेको र मुस्ताङ जाने पर्यटक बागलुङ आएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । भ्रमण वर्ष मनाउनका लागि मुस्ताङ हिडेका पर्यटकहरु समेत महोत्सवका कारण बागलुङ आउन थालेका हुन ।