बैंकहरुको शेयरधनीको लाभांश

680
views

सीताराम थापा । शेयर बजारमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये ११ बैंकले आर्थिक वर्ष २०७५ र ७६ साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित शेयर धनीको बैंक खातामा पठाएको सूचना प्रकाशन गरि संप्रेशण गरेको छ । यसरी लाभांश वितरण गर्नेमा एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसविआई बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, मेगा बैंक, सिटिजन्स बैंक, र ग्लोबल आइएमई बैंक रहेका छन् ।

अन्य कतिपय बैंकले भने साधारण सभा सकिएको लामो समय बितिसक्दा पनि लाभांश वितरण सुरु गरेको सुचना संप्रेशन गरिएको छैन । यसरी कुमारी, सानिमा, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड, जनता, प्रभु बैंकले भने लाभांश वितरण गरेको सूचना हालसम्म प्रकाशन गरेका छैनन् । यी मध्ये एनआईसी एशिया, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, कुमारी बैंक, सिटिजन्स बैंकको बोनस शेयर समेत नेप्सेमा सूचीकरण भैसकेको छ । वाणिज्य बैंकहरुको औषत लाभांश साढे १९ प्रतिशत लाभांस रहेको छ ।

लाभांश प्रस्ताव गरेका २६ वटा बैंकले औषतमा बोनस र नगद गरी १९.३१ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । गत आर्थिक वर्ष एनएमबि बैंकले सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश र नबिल बैंकले पनि ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हालसम्म लाभांश प्रस्ताव गरेका वाणिज्य बैंकहरुमध्ये सिभिल बैंकले सबैभन्दा कम कर सहित ६.५७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । लाभांश प्रस्ताव गरेकामध्ये ११ वटा बैंकले औषतभन्दा धेरै लाभांश वितरण गर्ने भएका छन भने १५ वटा बैंकले औषतभन्दा कम लाभांश वितरण गर्ने भएका छन् । औषतभन्दा धेरै लाभांश वितरण गर्नेमा एनएमबि बैंक, नविल बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, सानिमा बैंक र एनआइसी एशिया बैंक रहेका छन् ।