कविता- जन्मदिनको शुभकामना छोरा

42959
views

जन्मदिनको शुभकामना छोरा

म त्यो टहटह जुनेली रातसङ्गै
तिम्रा भविष्यका सुनौला सपनाहरु
वेहुली जस्तै श्रीङ्गारिदिएर नियालिरहेकी छु
आज तिमी यो धर्तिमा पाईला टेकेको दिन
मेरो छोरा
तिमीलाई शुभजन्मदिनको अथाह शुभकामना।

तिम्रा पाईलाहरु सधै प्रगती पथमा लम्किरहुन्
तिम्रा मुहारका चमकहरु हिरा जसरी चम्किरहुन्
शुभजन्मदिनको अथाह शुभकामना।

मेरो देह त्यो काठको डोडीमा चढाएर घाटमा पु¥याई
सङै
चिता जलेर धुवाँ वनेर मिसिँदा
मेरा अस्तुमा तिम्रा सपनाहरु भेटिएका थिए
कती सपनाहरु चिता संगै जले
कती भाह्वहिल भयौ छोरा
चिता संगै जलेका र जलाएका तिम्रा सपनाहरु
उजाड वस्तिमा पठाईदिनु
म सुनौला विहानीहरु सुर्योदय वनेर उदाईदिनेछु
युगौँयुग जनम जनम्
आज तिम्रो जन्मदिन
मेरो छोरा
तिमीलाई शुभजन्मदिनको अथाह शुभकामना।

वालापनमा तिम्रा साथीभाई
इन्द्रेणीको क्यानभासमा,
कालिगण्डकीका हल्काहरुमा,
छोरा तिमीले अहिले भएको ठाउँवाट
मार्कोपोलो र कोलम्बसहरुलाई,
हाम्रो कालीगण्डकीको तिरमा शालिग्राम खोज्न पठाउने सपना
देख्दै मैले हुर्काएकी थिएँ
पढाएकी थिएँ
तिमी पहिलो पटक यस धर्तीमा टेक्दा रोएको आवाज
म अचेत अवस्थामा हुँदा पनि मैले सुनेकी थिएँ

तिमीले पहिलो पटक वोल्दा आमा नै भनेका थियौ
तिम्रो त्यो
वोली सुन्दा मेरो मनको हर्षको चङ्गा
आकाशमाथी उडिसकेको थियो
मलाई याद छोरा
आज तिमी जन्मेको दिन
तिमीलाई शुभजन्मदिनको अथाह शुभकामना।

अखवारको पहिलो पृष्ठको पहिलो हेडलाईन

तिम्रो मेरा रङगीन फोटो सहित आउनुपर्ने तिम्रा मेरा सपनाहरु
गोर्खापत्रको बिचको पाना भित्रको
ब्ल्याक एण्ड ह्याईट जस्तै भयौँ
ति सपनाहरु लाई संधै
रङ्गिन वनाउने प्रयत्न गरिरहनु मेरो छोरा तिमीलाई शुभआर्शिवाद ।
आज तिम्रो जन्मदिन
जन्मदिनको अथाह शुभकामना ।।

म विरामी भएको वेला फोन गरेकी थिएँ
बिरामी छु बाबू भन्दै
तर
न सास भैट्यौ न लास नै भेटायौ
पुर्णिमाको त्यो उज्यालो रात
अन्धकार भयो
जब म त्यो धर्तिमा छाया देख्छु
त्यहाँ तिमिलाई रोएको सम्झ्न्छु
मेरो छोरा
आज भोली देख्दिन त्यो घाँसको भारी
देख्दिन मेरा फाटेका चोली
र ती तिम्रा हितैसीहरु
कठै अनि तिम्रा हातका ठेलाहरु
कसरी दिन विताईरहेछौ छोरा
तिम्रा हर प्रहर सुखसयल रहुन्
मेरो छोरा जन्मदिनको अथाह शुभकामना ।।

ताते ताते शब्द
को खाइ को खाई गर्दै
मेलापातमा जाने म
गोठमा बस्तु भाउ कराएको सुन्दिन
गाई भोकायो भन्दै एक पाँजो
घाँस हालिदिने
त्यो सानो बालक
आजकल कहिल्यै देख्दिन
साउको मेला जाँदा अर्नी दिएको
तिमी भोकायौकी भनी कोखिलामा ल्याएको रोटी
आज म संर्ग दिने मान्छे छैन
म टाढा छु मेरो छोरा
टाढैवाट भएपनी यो संसारको सवैभन्दा नजिक वाट
आत्माले सम्झिरहेको छु
छोरा आज तिम्रो जन्मदिन
तिमीलाई जन्मदिनको धेरै शभकामना।।

तिम्रा बा ले मोही पारेर छाडेपछी
त्यो दारको पुरानो ठेकीवाट
मैले घ्यु निकाल्दा
जब नौनी को डल्लो बनाउथे
तिमी लाई दुवै हातमा डल्लाहरु चाहिन्थ्यो
आजकल त्यो देख्दिन मेरो छोरा

मलाई विमारले च्याप्दा रातभर निदाउन नसहिरहेको वेला सपनिमा छाईदिन्छौ कि भनी
निदाउने कति कोशिस गरेँ
तर आएनौ
म त्यही सपनाको निदाईले
सधैको लागि निदाउन विवश भएछु मेरो छोरा
आज तिमी वाट म धेरै टाढा भएपनी
तिमिलाई सम्झिरहेछु आज तिमी जन्मेको दिन
तिमीलाई जन्मदिनको अथाह शुभकामना मेरो छोरा ।।

कति कष्ट भोग्यौँ जिन्दगीमा
एक छाक खाएर अगाएँ भन्दै
तिमि पनि खाउm आमा भन्दै
ती कोमल हातको स्पर्षले
हाम्रो संसार हँसाउँथ्यौ
मलाई थाहा छ छोरा
आज त्यो चन्द्रमाको उज्यालोमा
हिरा जस्तै चम्किएका
तिम्रा हँसिला मुहारहरु देख्छु
आज तिमी जन्मेको दिन
तिमीलाई जन्मदिनको अथाह शुभकामना मेरो छोरा ।।

आज त्यो अगेना रित्तो छ
तिमीलाई काखमा राखेर दन्त्यकथा सुनाउने कोही छैन
तिमी सङ्ग रोईदिने कोही छैन है
छोरा तिमिलाई काखमा गुट्मुटाएर
तिम्रै काखमा रोएको
तिम्रा दुखमा परेली धोएको
आज ती रातहरु छैनन्
तिमीलाई जन्मदिनको शुभकामना मेरो छोरा ।।

तिमी विरामी हुँदा,
विस्तारामा पल्टिदा
निधारमा पानीपट्टि कस्ले लगाईदेला ?
तातो पानी कस्ले तताईदेला
यहि पडाले आहत हुन्छु
तर पनि म खशी छु है मेरो छोरा ।
आजकल त आउदैनन होला न्याउली चरी
आउदैनन् होला बचेराका ध्वनिहरु
सारङ्गी रेट्ने गाईने दाइहरु
ती नआएपनी म सम्म
तिम्रा जन्मदिनका पार्टिमा वजाउने नाचगानका धुनहरु आईरहुन्

म धेरै खुशी छु मेरो छोरा
आज खुशीको धुन सुन्ने दिन
अर्थात तिम्रो जन्मदिन
मेरो छोरा
तिमीलाई शुभजन्मदिनको अथाह शुभकामना।।
आशिष सापकोटा वाग्लुङ हाल अमेरिका