अवको तिन वर्षमा देशले फड्को मार्छ : सांसद डा.पाठक

2778
views

निर्मल पौडेल
पर्वत, २०, पौष । वाग्लुङ क्षेत्र नम्वर १ का प्रतिनिधी सभाका सदस्य डाक्टर सुर्य पाठकले वर्तमान नेकपाको सरकारका पालमा देशले विकास र समृद्धिमा फड्को मार्ने वताएका छन् । गणेश माध्यमिक विद्दालय वानपा १४ नारायणस्थानको ३९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पाठकलले यस्तो वताएका हुन् । वर्तमान सरकार दीर्घकालिन योजनका साथ विकास र समृद्धीको मार्गमा अगाडी वढीरहेको छ ।

जनताका आधारभुत आवश्यकता परिपुर्ती गर्नमा अग्रसर हुँदै विकासका काममा भौतिक पुर्वाधारहरु धमाधम निर्माण भईरहेको र निर्माणधिन अवस्थामा रहेको वताए । देशको सर्वाङ्गीण विकासमा शिक्षानै मेरुदण्ड हुने भन्दै पाठकले सैद्धान्तिक भन्दा व्यवहारीक शिक्षामा जोड दिँदै वर्तमान सरकार व्यवहारिक शिक्षा नीति निर्माणमा अग्रसर भएको वताए । फरक प्रसङ्गमा वोल्दै पाठकले अवको ३ वर्षमा समग्र वाग्लुङ लगायत वलेवा क्षेत्रले मुहार फर्ने ठोकुवा समेत गरे ।

पाठकले गणेश माविले अहिलेसम्म शैक्षिक गुणस्तर अभिवृद्धीमा खेलेको भुमिकाको उच्च मुल्याङ्कन गर्दै विधालय लाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आँफु तयार रहेको भन्दै योजना लिएर आफुँसंग आउन आग्रह समेत गरे । कार्यक्रममा विधालयका प्रध्यानध्यापक कृष्ण गौतमले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै विधालयले सामुदायिक विधालयहरुमा गणेश मावि अग्र स्थानमा आउन सफल भएकोमा विधालय संग सम्वन्धित सवैलाई हार्दिक धन्यवाद दिए । सवैको सहकार्यले मात्र विधालयले राष्टिय स्तरमा राम्रो नतिजा ल्याउन सफल भएको गौतमले वताए ।

कार्यक्रममा नेपाली काँग्रेस वाग्लुङका अध्यक्ष दिपेन्द्र वहादुर थापा विधार्थी नेता हरीहर शर्मा,वा.न.पा.१२ अमलाचौरका वार्ड अध्यक्ष गुरुदत्त पाठक, १३ पयैुँपाटाका अध्यक्ष नारायण प्रसाद पौडेल,१४ नारायणस्थानका अध्यक्ष चक्रवहादुर खत्री, पोखरा युनाईटेड एकेडेमीका कोअर्डिनेटर कृष्ण प्रसाद सापकोटा लगायतले वोलेका थिए ।

विभिन्न संघ संस्थाका प्रतिनिधि शिक्षाप्रेमी वुद्धिजिवीहरुको सहभागिता रहेको कार्यक्रममा वलेवा क्षेत्रको शैक्षिक तथा सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै यसपाली वा.न.पा.१२ अमलाचौरका लक्ष्मी नारायण शर्मा, १३ पैयुँपाटाका माधव पौडेल, १४ का लेखनाथ पौडेल, विधालयका भुपु प्र.अ नगेन्द्र अखेली, भु.पु.विधार्थी डा.सुरज नेपालीलाई सम्मान गरिएको थियो । यसैगरी विधालयमा सवैभन्दा वढी हाँजिर हुने शिक्षकमा मावि तहवाट गणेश उपाध्याय, निमावि तहवाट विन्दु ढकाल र प्रावि तहवाट दुर्गा शर्मा पौडेललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कृृष्ण अखेलीको भिर्ने झोलामा र गायिका नविना सुवेदीको गीतमा दर्शकहरु भरपुर मात्रमा नाचेका थिए । यसैगरी विधालयको वार्षिक परिक्षामा सवैभन्दा उत्कृष्ट अंक ल्याउने विधार्थीहरु लाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न किसिमका छात्रावृत्ती समेत वितरण गरिएको थियो ।

विद्दालय व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षता सांसद सुर्य पाठकको प्रमुख आथित्यता पि .टि.ए. खगेन्द्र वहादुर खत्रीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन विधालयका शिक्षक विमल गौतमले गरेका थिए ।