रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको शानदार जित

465
views

पुष २२, २०७६

काठमाडौं ः जारी इटालियन सिरीए फुटबलअन्तर्गत गएराती भएको खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेसँगै युभेन्टसले काग्लियारीलाई ४–० गोलअन्तरले पराजित गरेको छ।

अर्को गोल गोञ्जालो हिगुइनले गरेका थिए। पहिलो हाफसम्म बराबरीमा रोकिएको काग्लियारीले दोस्रो हाफमा लगातार चार गोल खान पुग्यो। ४९औं मिनेटमा पहिलो गोल गर्दै रोनाल्डोले युभेन्टसलाई विजयतर्फ डोहोर्‍याएका थिए।

युभेन्टसका डिवालालाई डी बक्समा फाउल गरेपछि युभेन्टसले पाएको पेनाल्टीलाई पनि रोनाल्डोले ६७औं मिनेटमा गोलमा परिणत गरिदिए। यस्तै ८१औं मिनेटमा हिग्युनले गोल गरेलगत्तै रोनाल्डोले टीमका लागि चौथो र व्यक्तिगत तेस्रो गोल गरे। यो जितसँगै युभेन्टसले जारी सिरी एमा ४५ अंकका साथ शीर्ष स्थान बनाएको छ।