चीनमा सुरु भयो नेपाल भ्रमण वर्षको प्रचार

583
views

काठमाडौं । सन् २०२० को सुरुआतसँगै चीनमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार सुरु भएको छ ।

बेइजिङ्गस्थित नेपाली दूतावासले चच्याङ्ग, यीयुबाट बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यले ४ जनावरीमा भब्य कार्यक्रम गरी प्रचारप्रसार थालेको हो ।

चीनको प्रमुख ब्यापारीक सहर ग्वान्जौस्थित नेपाली महाबाणिज्यदूतावास र गैरआवासीय नेपाली संघ चीनको सहकार्यमा पर्यटन वर्ष भब्य रुपमा उद्घाटन गर्ने तयारी पनि करिब अन्तिम चरणमा पुगेको छ ।

पर्ल रिभर क्रुजमा ग्वान्डोङ्ग स्थानीय सरकार, ट्राभल एजेन्सीलगायत उद्योगी, व्यवसायीहरुलाई आमन्त्रण गरी भ्रमण वर्ष २०२० को उद्घाटन गर्न लागिएको हो ।

प्रचार(प्रसारका लागि समिति गठन गरिएको छ । समितिको संयोजकमा महाबाणिज्यदूत हरिशरण पुणासैनी र सहसंयोजकमा गैरआवासीय नेपाली संघ एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपाने छन् ।

यस्तै, सदस्यमा बाणिज्यदूत कुञ्जन शाह, उपबाणिज्यदूत सरद ढुंगाना, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक अमृता थापा ९कञ्चन०, एनआरएनए चीन संरक्षक सुदेशकुमार झा, आईसीसी सदस्य नवीन वि।क।, उपाध्यक्षद्वय सुशील बेल्वासे एवम् खुश्बु अग्रवाल, महासचिव यमबहादुर क्षेत्री ९ओम०, सचिव मुकेश श्रेष्ठ, प्रवक्ता मुकुन्द ढकाल, महिला संयोजक सविता बर्तौला, युवा संयोजक सुरज न्यौपाने र सदस्य अशोक गुरुङ्ग रहेका छन् ।

समितिको मुख्य उद्देश्य वर्षभरि नै ग्वान्जौस्थित महाबाणिज्य दूतावासको कार्यक्षेत्र अन्तर्गत पर्ने चीनका चार प्रान्त ग्वाङ्गडोङ्ग, फुजियान, क्वान्सी र हाइनान प्रान्तमा नेपाल भ्रमण वर्षको ब्यापक प्रचार गर्नु हो ।

पर्ल रिभरमा कुल ९० मिनेटको क्रुज यात्राभर नेपालका मनमोहक पर्यटन स्थलहरुको श्रब्य दृश्य प्रदर्शन गर्नुका साथै नेपाली कला संस्कृति सम्बन्धी जानकारी गराइनेछ ।

१५० चिनियाँसहित जम्मा २०० जनाको सहभागिता रहने छ । १ जनवरीमा पनि अन्तर्राष्ट्रिय टोपी दिवसमो अवसरमा ग्वान्जौमा पर्यटन वर्षको लोगो अंकित ज्याकेट लगाइ मुख्य केन्द्र थेन्हमा पैदल यात्रा गरिएको थियो ।

यस वर्ष चीनबाट सबैभन्दा बढी प्रयटन नेपाल भ्रमणमा आउने अपेक्षा गरिएको छ ।