जापानमा एउटै माछा १८ करोडमा बिक्री

540
views

एजेन्सी

पुष २२, २०७६

जापानमा एउटै माछा १८ लाख अमेरिकी डलर करिब १८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ।

TOKYO, JAPAN – JANUARY 05: Kiyoshi Kimura, president of Kiyomura Co. center, poses with a tuna in front of one of the company’s Sushi Zanmai restaurants after the year’s first auction at Toyosu Market on January 05, 2020 in Tokyo, Japan. Kiyomura Co., which operates the Sushi Zanmai restaurant chain, purchased the tuna weighing 276 kilogram for 193.2 million yen at the year’s first auction. (Photo by Takashi Aoyama/Getty Images)

कियोसी किमुराले नयाँ बर्षका अवसरमा खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि यो रकम खर्चेका हुन्।

तोयोसु माछा बजारमा आइतबार भएको सो लिलाम बढाबढमा किमुराले यो माछा किनेका हुन्। यो माछा जापानको उत्तरी अओमारीमा समातिएको थियो। किमुराले एउटै माछाका लागि यति धेरै रकम खर्चेपनि यो नै रेकर्ड चाहिँ होइन।

यसअघि गत बर्ष आयोजित लिलाम बढाबढमा एउटै माछा ३१ करोड रुपैयाँमा बिकेका थियो। विश्व वन्यजन्तु कोषका अनुसार ब्लुफिन पनि विशाल टुना माछाहरु ४० बर्षसम्म बाँच्‍न सक्छन्। संकटापन्न अवस्थामा रहेका यी माछाहरु १० फिटसम्म लामा हुन्छन।