विपाशा बसुलाई पूर्वप्रेमीको सन्देश

587
views

मुम्बई  । विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन् । यो खास दिन उनले पति करण सिंह ग्रोवरसँग मालद्वीपमा सेलिब्रेट गरेकी छन् । उनका साथीभाइ र बलिउडका कयौं स्टारहरूले उनलाई जन्मदिनको खास बधाई दिएका छन् । अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि विशेष पोस्ट लेखेका छन् ।

उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ । डिनोले आफ्नो इन्स्टाग्राम पोस्टमा विपाशासँगको पुरानो तस्बिर सेयर गरेका छन् । उक्त फोटो उनीहरूको डेटिङको समयको जस्तो लाग्छ । डिनो र विपाशा १९९० को दशकमा रिलेसनसिपमा थिए ।

विभिन्न कारणले यो रिलेसनसिप टिक्न सकेन । २००२ मा उनीहरूको ब्रेकअप भयो । यो पुरानो तस्बिरको साथमा डिनोले बर्थडे विस मात्रै गरेनन् क्याप्सन पनि लेखेका छन् । ‘गुड टाइम्स् अलवेज’, उनले लेखेका छन् । तस्बिरमा विपाशा र डिनो दुवैले सेतो पहिरन लगाएर कुनै रेस्टुराँमा डिनर गर्दैछन्। अहिले विपाशा हाँसीखुसी विवाहित जिन्दगी बिताइरहेकी छन् । सोसल मिडियामा पनि निकै व्यस्त देखिन्छिन्।

उनले पतिको साथमा पोस्ट गरेका तस्बिरले सोसल मिडिया रंगीन छ। विपाशाको करणसँग फिल्म अलोनको सुटिङको समयमा भेट भएको थियो । दुवैले २०१६ मा विवाह गरेका हुन् । अहिले डिनो फिल्म ‘हेल्मेट’ को तयारी गरिरहेका छन् । उनले निर्माण गर्न लागेको फिल्ममा अपारशक्ति खुराना र प्रनुतन बहल छन् । एजेन्सी