काभ्रेपलान्चोक सहायता समिति बेल्जियममा उप्रेती

953
views

नवदृष्टि संवाददाता
काभ्रेपलान्चोक जिल्ला घर भइ हाल बेल्जियममा वसोवास गर्दै आएका नेपालीहरुले आफ्नो जिल्लाको विकाश र समृद्दीको लागि सहयोग पुर्याउने हेतुले काभ्रेपलान्चोक सहायता समिति, बेल्जियम गठन गरेका छन् । ४ जुनका दिन सम्पन्न प्रथम भेलाबाट दिनेश उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षद्वय गोविन्द त्रिपाठी (श्याम शर्मा), उद्दव गौतम, महासचिव मोहन रावत, सचिव तिलक तामांग, कोषाध्यक्ष नवराज गौतम निर्वा्चित हुनुभएको छ । यसैगरी अन्य सदस्यहरुमा सुर्यनारायण श्रेष्ठ, सहदेव गौतम, मधुसुदन पौड्याल, रैना बस्नेत, शारदा धिताल, मनोज खरेल, करुणा खरेल, राज वाइबा र रिजु बैद्य खवास निर्वा्चित हुनु भएको छ ।
प्रथम भेला आयोजना गर्ने प्रयोजनका लागि ७ मई २०१७ का दिन दिनेश उप्रेतीको संयोजकत्वमा ११ सदस्यीय प्रथम भेला आयोजना तदर्थ समिति गठन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार एवं लुम्बिनी, कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले दिप प्रज्ज्वलन गर्दै आफ्नो जिल्लाको विकाश र समृद्दीको लागि गठित समितिले महत्वपुर्ण भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
भेलाले ३ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ । सल्लाहकारहरुमा दामोदरप्रसाद आचार्य, टिकाभक्त खरेल र राम घिमिरे हुनुहुन्छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिनेश उप्रेतीले सर्वसम्मतरुपमा निर्वाचित गरी आफ्नो जिल्लाको विकाश र समृद्दीको लागि पाएको जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । भेलाको सञ्चालन मधुसुदन पौड्यालले गर्नुभएको थियो ।