रुकुम पश्चिममा जीप दुर्घटना १२ जना घाइते

885
views

डोल्पा, २४, पौष । डोल्पाबाट रुकुम हुँदै जाजरकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुदा १२ जना घाइते भएका छन् । बुधबार करिब १० बजे रुकुम पश्चिम आठबिसकोट नगरपालिका ६ को मनका बगरमा जीप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका हुन् ।

रुकुम र डोल्पाको सिमाना त्रिवेणीबाट रुकुम पश्चिमको गोतामकोट जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जीप दुर्घटना भएको हो ।

घाइतेलाई उपचारको लागि आठबिसकोट नगरपालिका ९ स्थीत राडि बजार अस्पतालमा पठाएको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले बताए ।फरार रहेका २५ वर्षीय सवारी चालक तिलक विकको खोजी गरिरहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।