बेलायती राजकुमार ह्यारीको राजगद्दी त्याग्ने घोषणा

628
views

काठमाडौं, २४, पौष । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगानले राजपरिवारको वरिष्ठ सदस्य पद त्याग्ने घोषणा गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूहरु राज परिवारको वरिष्ठ सदस्य पदमा रहन नचाहेको र आर्थिक एवम् सामाजिक रुपमा स्वतन्त्र हुन चाहेको उल्लेख गरेका छन् ।

उनीहरुले बेलायत तथा उत्तर अमेरिकामा आफ्नो बाँकी जीवन बिताउन चाहेको उल्लेख गरेका छन्। बीबीसीका अनुसार कुनै पनि सल्लाह नगरी ह्यारी दम्पतीले सार्वजनिक गरेको यो विज्ञप्तीले शाही परिवार आश्चर्य चकित भएको छ।

शाही परिवारका वरिष्ठ सदस्यहरु राजकुमार ह्यारी दम्पत्तीको निर्णयबाट निराश भएका छन् । गत अक्टोबरमा राजकुमार दम्पतीले आफ्नो जीवन त्यति धेरै खुसी र स्वतन्त्र नरहेको बताएको थियो ।

गएराति अप्रत्याशित रुपमा इन्स्टाग्राम पेजमा ह्यारी दम्पत्तिले सार्वजनिक गरेको वक्तव्यमा आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुन चाहेको बताएका थिए ।

ह्यारी दम्पत्तिको विज्ञप्तीमा महारानीबाट पनि आफूहरुको प्रस्तावमा समर्थन आवश्यक रहेको उल्लेख गरिएको छ ।