धवलागिरी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

843
views

बेनी, २७, पौष । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा दशवटा विद्यालयका तीनसय भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने भएको छ ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, ट्रफि र प्रमाणपत्र सहित क्रमश: नगद पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ पुरस्कार पाउने गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश, राष्ट्रिय स्तरको खेलमा सहभागि हुने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । यो वर्ष धवलागिरी गाउँपालिकाले पहिलो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभएको प्रतियोगिताको पन्ध्र सय मिटर दौडको छात्रछात्रा दुवै तर्फ ताकम मावि प्रथम हुदै बिजय सुरुवात गरेको छ । छात्रतर्फ ताकम माविका विकास भण्डारी प्रथम, धनजनता माविका वुद्धीमान विक दोस्रो र किसानी मावि धारापानीका मोहन हर्मेल तृतीय भएका छन् ।

छात्रातर्फ ताकम माविकी मनिषा केसी प्रथम, धनजनता माविकी तिर्सना पाण्डे दितृय र गुर्जाको जनकल्याण माविकी सिमा छन्त्याल तृतीय भएका छन् । गुर्जाका खेलाडीहरु हिलले छोपीएको बाटोमा करिब दश घण्टा पैदल हिडेर शनिबारै प्रतियोगितामा सहभागि हुन आएका थिए ।