ईरानसँग विमान खसालेको क्षतिपूर्तिको माग

489
views

आफ्नो यात्रुवाहक विमान इरानले खसालिदिएपछि युक्रेनले कारबाहीसहित क्षतिपूर्ति मागेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले इरानसँग क्षतिपूर्ति पाउने आशा व्यक्त गर्दै घटनामा संलग्नमाथि कारबाहीको माग गरेका हुन् ।

शनिबार फेसबुकमा लेख्दै दोषी स्वीकार्नुपर्ने माग समेत गरेका हुन् । दोषीलाई कानुनी दायरामा ल्याएर दण्डित गर्नुपर्ने उनको जोड थियो । घटनामा ज्यान गुमाएको शव पठाउने देखि क्षतिपूर्ति तिर्ने र कुटनीतिक माध्यमले माफी माग्नुपर्ने युक्रेनी राष्ट्रपतिको भनाई थियो ।

यसअघि इरानले युक्रेनी जहाज मिसाइल हानेर खसालेको स्वीकारेको थियो । घटना मानवीय त्रुटीका कारण भएको उल्लेख गरेको हो ।

१७६ यात्रु र चालकदलका सदस्य मारिएको युक्रेनको विमान दुर्घटनाको कारणबारे विभिन्न भनाई आइरहँदा इरानको स्वीकारोक्तिसँग विवाद हल भएको छ । बुधबार भएको घटनामा २४ सय मिटर उचाईमा रहँदा विमान सम्पर्क विच्छेद भएको थियो । घटनाको दुई दिनपछि अमेरिकी समाचार एजेन्सी सीएनएनले मिसाइल हानेर खसालिएको भिडियो फुटेज सार्वजनिक गरेको थियो । एजेन्सी