प्रदेश ३ को राजधानी हेटौंडा, नाम बागमती सर्वसम्मत

501
views

मकवानपुर । प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । आईतवार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएको हो । प्रदेश सभामा आइतबार बिहान भएको मतदानमा हेटौंडाको पक्षमा उपस्थित एकसय आठ सांसदमध्ये एकसय पाँच मत परेको हो ।

एकसय दशजना सांसद रहेको प्रदेश सभामा नेकपाको दुई तिहाइ बढी अर्थात् ८० सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसको २२, विवेकशील साझा विवेकशील नेपालीका दुई, साझा विवेकशीलका एक गरी तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रका एक–एक सांसद रहेको छ ।

नाम बागमती
प्रदेशको नाम बागमती कायम भएको छ । प्रदेशको नाम बागमती राखियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो । यसको पक्षमा कुल उपस्थित १ सय ८ मध्ये सत प्रतिशत मतदान भएको हो । विपक्षमा कुनै मत परेन ।